राणा र लोहनी नेतृत्वका राप्रपा आज एकीकृत हुँदै

 

माघ १८, काठमाडौँ । पशुपति शमशेर राणा र प्रकाशचन्द्र लोहनी नेतृत्वको राप्रपा एकिकृत हुने भएको छ । 

आज (शुक्रबार) राष्ट्रिय सभागृहमा एक औपचारिक कार्यक्रमकाबीच राणा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) र लोहनी नेतृत्वको एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) बीच एकता घोषणा हुँदैछ । 

null

बिहीबार दुई दलले एकीकरणसम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका हुन्। शुक्रबार दिउँसो १ बजे राष्ट्रिय सभागृहमा एक औपचारिक कार्यक्रमबीच एकता घोषणा गरिनेछ । 

वर्तमान अध्यक्षद्वय राणा र लोहनीको पदीय हैसियत बराबर हुनेगरि एकिकृत हुन लागेको दुई पार्टीको नाम राप्रपा (संयुक्त) राख्ने सहमति भएको छ । पार्टीमा तत्कालका लागि दुई अध्यक्ष नै रहने बताइएको छ । 

धार्मिक स्वतन्त्रतासहितको हिन्दु धर्म र राजसंस्थाको परिकल्पना गरेको यस पार्टीको एकीकरणपछि पनि दलको चुनाव चिह्न हलो हुनेछ। 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *