विजय खड्काले लिए विराटनगरबाट पहिलो पटक श्रम स्वीकृति

 

माघ २३, विराटनगर । बुधबारबाट औपचारिक रुपमा प्रदेश नं. १ को अस्थायी राजधानी विराटनगरबाटै श्रम स्वीकृति दिन थालिएको छ । 

श्रम तथा रोजगार कार्यालय विराटनगरमा बुधबार आयोजित वैदेशिक रोजगार डेस्कको उद्घाटन कार्यक्रममा प्रदेश नं. १ का सामाजिक विकास मन्त्री जिवन घिमिरेले धनकुटाको चौबिसे गाउँपालिकाका–५ का विजय खड्कालाई पहिलो पल्ट श्रम स्वीकृति दिँदै सुभारम्भ गरे । 

null

सो अबसरमा बोल्दै मन्त्री घिमिरेले गाउँमै सरकारको अनुभुति गर्न सरकारले काठमाडौंमा मात्र केन्द्रित रहेको श्रम स्वीकृति विराटनरबाटै सुरु भएपछि सेवाग्राहीको समय र पैसाको बचत भएको बताए । उनले काठमाडौंबाट मात्र श्रम स्वीकृति हुँदा सेवाग्राहीले विभिन्न झण्झट व्यहोर्दै आउनु परेको बताउँदै बुधबारबाट औपचारिक रुपमा श्रम स्वीकृति विराटनगरबाटै प्रदान हुनथालेपछि सेवाग्राहीले सो कार्यालयबाट झन्झट रहित सरल सेवा पाउने विश्वास व्यक्त गरे । 

 

मन्त्री घिमिरेले भने ‘काठमाडौंबाट मात्र श्रम स्वीकृति हुँदा धेरै समय र पैसा खर्च गर्नपर्ने बाध्यता थियो, आजबाट त्यो बाध्यताको अन्त्य भएको छ ।’ उनले वैदेशिक रोजगारिमा जाँदा शिप र भाषाको ज्ञान हुनुपर्ने बताउँदै प्रदेश सरकारले प्रदेशभरिका ९ हजार युवा युवतीका लागि चाँडै शिपमुलक तालिम आयोजना गर्न लागेको जानकारी दिए । 

मन्त्री घिमिरेले सो तालिम वैदेशिक रोजगारीमा जान चाहने र बेरोजगारहरुका लागि उपयुक्त रहेकाले उत्साहजनक सहभागिता जनाउन आग्रह गरे । कार्यक्रममा पहिलो पल्ट विराटनगरबाट श्रम स्वीकृति पाएका धनकुटा चौविसे गाउँपालिका–५ का विजय खड्काले आफ्नै राजधानीबाट पहिलो पटक श्रम स्वीकृति लिन पाउँदा निकै खुशी लागेको बताए । 

उनले काठमाडौंमा झन्झटिको प्रकृया सम्झँदा आफ्नै ठाउँबाट श्रम स्वीकृति लिन सहज तथा समय र पैसाको बचत भएको बताए । उनले भने, ‘यसअघि काठमाडौंबाट मात्र श्रम स्वीकृति लिँदा निकै झन्झटिलो थियो । समय र पैसा धेरै खर्च हुन्थ्यो । अहिले यहिँबाट सुर भएपछि अब त्यसको बाध्यता अन्त्य भएको छ । आज मलाई वास्तवमा गाउँमै सरकार भएको अनुभुति भएको छ, निकै हर्षित छु ।’ 

कार्यक्रममा श्रम कार्यालय विराटनगरका प्रमुख सविता दाहालले आजबाट प्रदान गर्न थालिएको श्रम स्वीकृति पहिलो चरणमा विदेश गएर विदामा आएका हरुका लागि हुने जानकारी दिइन् । उनले पहिलो चरणमा विराटनगर कार्यालयबाट विदेश गएर विदा मनाउन आएका हरुका लागि पुनः सोही मुलुक र काम गर्ने सोही कम्पनीमा जानका लागि श्रम स्वीकृति दिइने जानकारी दिइन् । 

उनले भनिन्, ‘पहिलो चरणमा हामीलाई दिइएको अधिकार अनुसार हामी विदेश गएर बिदामा आएकालाई त्यहि देश र कामका लागि स्वीकृति दिनेछौँ । संघिय सरकारको योजना दोस्रो चरणमा सम्पूर्ण अधिकार दिने योजना अनुसार भएपछी नयाँ स्वीकृतिका सम्पूर्ण कामहरु पनि यहिँबाट हुनेछ ।’ 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + three =