सांसदहरुले भने, ‘समृद्धिको भिजन नभएकालाई राजदूत नियुक्त गरियो’

माघ २४, काठमाडौँ । प्रतिनिधिसभाका सांसदहरुले मुलुकको विदेश नीति कमजोर बन्दै गएको भन्दै चिन्ता व्यक्त गरेका छन् ।
सांसदहरुले समृद्धिको रटानलाई आधार मानेर राजदूत नियुक्तिको कामलाई अघि बढाइएको भन्दै आपत्ति जनाए। सरकारले समृद्धिको भिजन नभएकाहरुलाई राजदूत नियुक्त गर्ने गरेको उनीहरुको आरोप छ।
संघीय संसदको संसदीय सुनुवाइ विशेष समितिको बिहीबारको बैठकमा बोल्दै पुष्पा भुसालले मुलुकको विदेश नीति कमजोर रहेको दावी गरिन्। उनले मुलुकको समृद्धिका लागि आवश्यक योगदान दिन सक्ने क्षमता भएकाहरुलाई राजदुत बनाउन नसक्दा मुलुकको विदेश नीति प्रभावकारी ढंगले अघि बढाउन नसकिएको भन्दै सरकारको गम्भिर ध्यानाकर्षण गराइन्।
null
परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भने सरकारको विदेश नीति कमजोर नभएको दाबी गर्दै समृद्धिको अभियानलाई तीव्रता दिनेगरी राजदूत नियुक्तिको कामलाई अघि बढाइएको बताए।
विगतमा राजदूत नियुक्ति गर्दा समावेशी नभए पनि अब संविधानअनुसार नै समावेशी बनाइने बताए ।
परराष्ट्रमन्त्री ज्ञवालीले सरकारले राजदूत पद रिक्त हुन नदिन सरकारले ३ महिनाअघि नै नियुक्ति प्रक्रिया अघि बढाउने नयाँ व्यवस्था गरेको पनि समितिलाई जानकारी गराए।
गत असार २४ गते बसेको मन्त्रिपरिषद् बैठकबाट पारित गरेको राजदूत नियुक्तिसम्बन्धी निर्देशिकामा पद खाली हुनु ३ महिनाअघि नै नियुक्ति प्रक्रिया सुरु गर्ने नयाँ व्यवस्था गरिएको छ।








