लागू औषध सहित छ जना पक्राउ

फागुन ८, सुर्खेत ।  जिल्ला प्रहरी कार्यालय सुर्खेतले आज १० ग्राम ७० मिलिग्राम ब्राउन सुगर सहित छ जनालाई पक्राउ गरेको छ । 

नेपालगञ्जबाट छिन्चु हुँदै सुर्खेत प्रवेश गर्ने वीरेन्द्रनगर नगरपालिका–११ सुब्बाकुना नाकामा आज बा ४ ख ४२१९ नम्बरको फोर्स गाडीलाई प्रहरीले जाँच गर्दा वीरेन्द्रनगर नगरपालिका–९ सुर्खेतका २३ वर्षीय किरण घलेको साथबाट तीन ग्राम ४९० मिलग्राम ब्राउनसुगर बरामद गरेको जिल्ला प्रहरीका कार्यालय सुर्खेतका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए । 

त्यसैगरी, सोही नाकामा नेपालगञ्जबाट आएको भे १ ज ७८९ नम्बरको जीप प्रहरीले जाँच गर्दा त्यसमा सवार वीरेन्द्रनगर–१ सुर्खेत निवासी १८ वर्षीया अमृता कार्कीको साथबाट छ ग्राम ५८० मिलिग्राम ब्राउनसुगर बरामद गरिएको प्रवक्ता क्षेत्रीले बताए । 

null

उनका अनुसार कार्की सहित त्यसमा संलग्न वीरेन्द्रनगर नगरपालिका–४ सुर्खेत निवासी २० वर्षीय सम्राट सापकोटा, वीनपा–९ लाटीकोइलीका २३ वर्षीय अर्जुन खत्री, सोही वडाका १९ वर्षीय कुमार महतारा, २० वर्षीय सागर सुनार र वडा नं १ बस्ने १८ वर्षीय दीपा कँडेललाई पक्राउ गरिएको छ । 

प्रहरीले १० ग्राम ७० मिलिग्राम ब्राउनसुगर अहिलेसम्मकै सबैभन्दा ठूलो परिमाण भएको बताएको छ । एक साताअघि सात ग्राम २७० मिलिग्राम ब्राउन सुगर प्रहरीले बरामद गरेको थियो । पक्राउ परेका छ जनामाथि अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *