आइसीसी वरीयतामा कप्तान पारसको फड्को

माघ २८, काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) को टि–२० वरियतामा नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले फड्को मारेका छन् । 

आइसिसीले सोमबार सार्वजनिक गरेको नयाँ वरियता अनुसार कप्तान पारस पहिलो पटक टि–२० को अलराउण्डर वरियताको शीर्ष ४० भित्र परेका हुन्। 

युएईविरुद्धको टी–२० अन्तर्राष्ट्रिय सिरिजमा सफलता हात पारेसँगै पारसको वरियतामा सुधार आएको हो । 

null

अलरउण्डरतर्फ ७६ रेटिङ पाएका पारस ३९औँ स्थानमा छन्। भने ब्याटिङतर्फ ९० औँ स्थानमा छन्। 

यसैगरी बलरतर्फ सोमपाल ७१औँ स्थानमा पुगेका छन्। उनको ४०९ पोइन्ट्स रहेको छ। यस्तै बसन्त रेग्मीको पनि ४०९ अंक नै छ र ७०औँ स्थानमा छन्। सोमपाल कामी अलराउण्डरतर्फ ५१औँ स्थानमा छन्। 

विश्वका विभिन्न लिगहरुमा उत्कृष्ट प्रदर्शन गरेका सन्दीप लामिछानेले पनि ३६ स्थान फड्को मारेका छन् र १५९औँ स्थानमा उक्लेको छन् जुन उनको करियरको उच्च वरीयता हो। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *