राष्ट्रिय थारु मुक्ति मोर्चाद्वारा स्थानीय राजु चौधरीको विवादित जग्गा कब्जामा

फागुन १२, चितवन । राष्ट्रिय थारू मुक्ति मोर्चा नेपाल चितवनले विवादित रहेको र न्यायिक समितिले एकपटक मिलाइसकेको भए पनि पुनः दलालले जग्गा हडपेको भन्दै नियन्त्रणमा लिएको छ । 

साविक बछौली–६ निवासी राजु चौधरीको एकाघर परिवारका नाममा रहेको हाल रत्ननगर नगरपालिका ६ मा रहेको कित्ता नम्बर ८. क २७० को जग्गा बिघा ०–१४–१ कित्ता नम्बर ८ क २७१ को ०–२–६ र कि.नं. ८ ग २४४ को ०–१२–१६ गरी १–९.३ बिघा जग्गा मोर्चाले नियन्त्रणमा लिएको जनाएको हो । 

उक्त जग्गा कुनै व्यक्ति वा समूहलाई खरिदबिक्री र धितोस्वरूप केही नगर्न पनि मोर्चाले आग्रह गरेको छ । बेवास्ता गरेको खण्डमा उत्पन्न परिस्थितिको जिम्मेवारी सम्बन्धित पक्षले नै लिनुपर्ने चेतावनी समेत मोर्चाले दिएको छ । 

null

उक्त जग्गा भूमाफिया टीका कँडेल, केशव लामिछाने लगायत जग्गा दलालले जालसाँझी गरी हडप्न खोजेको र चितवन जिल्ला न्यायिक समितीले दुवै पक्षलाई राखी छलफल गराई निर्णय गरिसकेको अवस्थामा उक्त निर्णयलाई बेवास्ता गरिएकाले उक्त जग्गाको सम्बन्धित पक्षले न्याय नपाएसम्म नियन्त्रणमा लिने राष्ट्रिय थारू मुक्ति मोर्चा नेपाल चितवनले जनाएको छ । 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + 16 =