वनमन्त्री शक्ति बस्नेतकी भतिजी मृत फेला

माघ २०, काठमाडौँ । वन तथा वातावरणमन्त्री शक्ति बस्नेतकी भतिजी बबिता बस्नेत आफ्नै कोठाभित्र मृत अवस्थामा फेला परेकी छिन् । 

ललितपुरको बालकुमारी स्थित वेस्टार अपार्टमेन्टको आफ्नै फ्ल्याटमा बस्दै आएकी ऊर्जामन्त्री वर्षमान पुनका प्रेस सहयोगी रोशन खड्काकी श्रीमती तथा बनमन्त्री बस्नेतकी दाइको छोरी बबिताको शव कोठाभित्र सलले पासो लगाएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । 

आइतबार बिहान १० बजेसम्म नउठेपछि बबिताकी नन्दले ढोका ढकढक्याउँदा खुलेन । भाउजु बबिताले ढोका नखोलेपछि उनले प्रहरीलाई खबर गरेकी थिइन् । 

null

प्रहरी टोलीले टोलीले ढोका फोरेर हेर्दा पासो लगाएको अवस्थामा मृत शरीर फेला परेको प्रहरीले जनाएको छ । 

प्रहरीले घटना संकास्पद रहेको भन्दै अनुसन्धान भइरहेको जनाएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + three =