प्रदेशसभामा पनि कांग्रेसको अवरोध, मंगलबारसम्मका लागि बैठक स्थगित

माघ १८, काठमाडौँ । प्रदेश नं ५ को प्रदेशसभा आज विपक्षी दल नेपाली कांग्रेसको अवरोधका कारण स्थगन भएको छ । 

अनशनरत डा गोविन्द केसीको जीवनरक्षाको माग र कञ्चनपुरकी निर्मला हत्याकाण्डका अभियुक्त अहिलेसम्म पनि पक्राउ नपरेको भन्दै काङ्ग्रेसले सदनमा अवरोध गरेको हो । 

विपक्षी दलका नेता बलदेव शर्मा पोखरेलले डा केसीको जीवनरक्षा र निर्मला हत्याकाण्डका आरोपित अहिलेसम्म पनि पक्राउ नभएकाले खेद व्यक्त गर्दै सदन सञ्चालन हुन नसक्ने घोषणा गरेपछि सभामुख पूर्णबहादुर घर्तीले विपक्षी दलको विरोध भएकाले सदन सञ्चालन हुन नसकेकाले यही माघ २२ गतेसम्मका लागि प्रदेशसभा स्थगन भएको घोषणा गरे । 

null

प्रदेशसभामा प्रदेश नं ५ जाँचबुझ आयोगको गठन तथा काम, कर्तव्य र अधिकारको सम्बन्धमा व्यवस्था गर्न बनेको प्रतिवेदनसहितको विधेयक र प्रदेश नं ५ तथ्याङ्क सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सभामा पेश हुने कार्यसूची रहेको थियो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine − three =