ट्याक्टर दुर्घटना हुँदा पदमबहादुर र विक्कुको मृत्यु

 

फागुन ८, पर्वत । विहादी गाउँपालिका–५ उराममा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । 

ध१च ३१५ नंको ट्याक्टर उरामको हाडीखर्कमा मङ्गलबार दुर्घटना हुँदा स्थानीयवासी पदमबहादुर नेपाली र विक्कु केसीको मृत्यु भएको हो । 

null

नेपालीको घटनास्थलमै तथा केसीको उपचारका लागि स्याङ्जा लैजाँदै गर्दा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । ट्याक्टरका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाबारे अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक भुवनेश्वर तिवारीले बताए । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + 20 =