च्याम्पियन्स लिग: युभेन्टस एट्लेटिको मड्रिडसँग पराजित

एजेन्सी । इटालियन क्लब युभेन्टस च्याम्पियन्स लिगको प्रिक्वार्टरफाइनलको पहिलो लेगमा एट्लेटिको मड्रिडसँग २–० ले पराजित भएको छ । च्याम्पियन्स लिगको प्रिक्वार्टरफाइनलको खेलमा युभेन्टसविरुद्ध अहिलेसम्मकै ठूलो जित निकालेको एट्लेटिकोका लागि जिमिनेज र गोडिनले एक–एक गोल गरेका थिए । 

घरेलु मैदानमा भएको खेलमा डिएगो सिमोनको टिम एट्लेटिकोले पहिलो हाफमा युभेन्टसलाई बराबरीमा रोक्न सफल भयो । ७१ औं मिनेटमा युभेन्टसले गोल गरे पनि भिडियो एसिस्टेन्ट रेफ्रीले त्यसलाई मान्यता दिएनन् । तर ७८ औं मिनेटमा एट्लेटिकोले खेलमा अग्रता बनायो । जोस जिमिनेजले उत्कृष्ट गोल गर्दै टिमलाई अग्रता दिलाए । 

त्यसपछि ८३ औं मिनेटमा एट्लेटिकोले अग्रता दोब्बर पार्यो । डिएगो गोडिनले सेटपिसमा उत्कृष्ट गोल गर्न सफल भए । दुई गोलले पछि परेको युभेन्टसले त्यसपछि पनि तीन वटा मौका पाएको थियो । जसमा एक पटक क्रिस्टियानो रोनाल्डो असफल भए भने एक पटक फ्रद्रिकोको प्रहारलाई रोकियो । 

null

खेलको इन्जुरी समयमा फेरि रोनाल्डोको प्रहार पोष्ट नजिकैबाट बाहिरियो । जसका कारण एट्लेटिकोले पहिलो लेगमा दुई गोलको अग्रता लिन सफल भयो । पुरै खेलमा रोनाल्डोले एक दर्जनजति प्रहार गरे पनि गोल गर्न सकेनन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen + 10 =