गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालाको भोली डीपीआर

 

चितवन, १९ माघ । भरतपुर महानगरपालिकामा बन्ने गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालाको बृहत र्यालीसहितको गृह घोषणा तथा डीपीआर शुभारम्भ भोलि आइतबार गर्ने भएको छ ।  

गत, माघ १६ गते काठमाडौंबाट निर्माण थाल्ने घोषणा गरिएको रंगशालाको निर्माणस्थलमा काम थालनी गर्ने गरी समारोह आयोजना गरिएको छ ।  

null

आज शनिबार बिहान महानगर कार्यालयमा सम्पन्न सर्वपक्षीय छलफलले तय गरेको कार्यक्रम अनुसार रंगशाला निर्माण गर्ने धुर्मुस–सुन्तली फाउण्डेसनका अध्यक्ष सीताराम कट्टेलसहितको र्याली भरतपुरको चौबिसकोठीबाट निर्माणस्थलसम्म जानेछ । बिहान १० बजे कट्टेललाई भरतपुर विमानस्थलमा स्वागत गरेपछि चौबिसकोठीबाट र्याली सुरु गरिनेछ । यस्तै, मंगलपुरबाट १६ नम्बर वडा कार्यालय हुँदै निर्माणस्थल पुग्ने भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले जानकरी दिइन् । 

र्यालीमा खेलाडी, उद्योगपति, पेशाकर्मी, नागरिक समाज, युवा विद्यार्थी सबैलाई सहभागी हुन प्रमुख दाहालको आग्रह छ । र्यालीपछि निर्माणस्थलमा रंगशालाको जिल्ला घोषणा र डीपीआर शुभारम्भको घोषणा गरिने छ ।  

रंगशाला भरतपुरको कृषि वन तथा विज्ञान विश्वविद्यालयको जग्गामा निर्माण हुन लागेको हो । त्रिभुवन विश्वविद्यालयको स्वामित्वमा रहेको भरतपुर १५ को जग्गा कृषि तथा वन विश्वविद्यालयले भोगचलन गरिरहेको छ । २० विघा ६ कठ्ठा क्षेत्रफलमा रंगशाला बन्ने भएको हो ।  

गुरुयोजना तयार भएको २ वर्षभित्र रंगशाला निर्माण गरी महानगरलाई हस्तान्तरण गरिने फाउन्डेसनले जनाएको छ । रंगशाला निर्माणको लागत ३ अर्ब अनुमान गरिएको छ ।  

देश–विदेशका नेपालीहरुबाट प्राप्त हुने स्वेच्छिक सहयोगबाट आर्थिक स्रोत जुटाइने फाउन्डेसनले जनाएको छ । मौलिक डिजाइनमा बन्ने रंगशाला कमलको फुलको आकारमा निर्माण हुनेछ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 17 =