भरतपुर महानगरपालिकाकी उपमेयरलाई अनेरास्ववियुको धम्की

प्रनिश थापा, चितवन । भरतपर महानगरपालिकाकी उपप्रमुख पार्वती शाह ठकुरीलाई सामाजिक संञ्जालमार्फत धम्की आएको छ । महानगरपालिका उपप्रमुख सचिवालयको फेसबुक म्यासेन्जरमा युवा संघ र अनेरास्ववियु क्रान्तिकारीको हवला दिदै शाहलाई अंगभंग गर्ने धम्की दिएको हो । मंगलबार बेलुका उपप्रमुख शाहले आफ्नै कार्यकक्षमा पत्रकार सम्मेलन गरी घटनाको बिषयमा जानकारी दिएकी हुन् ।
अनेरास्ववियू क्रान्तिकारी एन पि आई ईकाई अध्यक्ष स्वप्निल सुवेदी नामको “शिवहरी सुवेदी” को म्यासेन्जर प्रयोग गरी उपप्रमुखको सचिवालयले संञ्चालन गर्ने फेसबुकमा धम्की पूर्ण भाषा प्रयोग गरेर म्यासेज पठाईएको शाहले जानकारी दिईन् ।
null
के थियो म्यासेजमा ।स्वप्निल सुवेदीको निजी फेसबुक आइडीबाट यस्तो म्यासेजमा लेखिएको छ “हजुर जस्तो जिम्मेवार, गरिमामय पदमा बसेको मान्छे यस्ता साना कुरामा अल्झिन हुन्छ र हजुर हिजो कुनै पार्टी बिशेषको हुनुहुन्थ्यो तर आज हजुर हामी सबैको हो । हजुरको कारणले कसैलाई होच्याएको हुनु हुँदैन जस्तो लाग्छ मलाई । जबसम्म कुनै मुद्धा वा बिषय हजुरको टेवलमा आउँदै तव सम्म हजुर मौन वस्दा त्यो हजुर वसेको कुर्सिको सम्मान हुन्छ । किन की जुन कुरा हजुरको दिमाखमा छ त्यो हजुरको बसमा वा अधिकारमा छ । तर जव हजुरको शव्द प्रस्फुटन हुन्छ । त्यो अव हजुरको बसमा हुँदैन । म्यासेजमा अघि लेखिएको छ , त्यो हजुरको शव्दले केही शान्ति आउँला र कतै अशान्ति भई बिकराल रुप लिन सक्छ । हजुरको शव्दले ठूलो चर्चा पाउन सक्छ र तोडफोड हुन सक्छ । कालो रंगहरु र कालो मोबिलको वर्षा हुन सक्छ । हाम्रो भरतपुरलाई शानित बनाउनेकी अशानित हजुरमा पनि निर्भर हुन्छ । त्यसैले हजुरको टेवुलमा आएको मुद्धा मात्रै हेरीदिनु होला । आँखा नघुमाउनु र हात नलम्काउनु नत्र युवा संघ र अनेरास्ववियुलाई हात छोटो वनाउन र आँखा सोझ्याउन आउँछ ।” यस्ता धम्की आउनुले कानुनी राज्यमा कायरताको प्रर्दशन भएको उपप्रमुख शाहको भनाई छ ।








