होराइजन क्रिकेट क्लव फाइनलमा प्रवेश

फागुन ५, बिराटनगर । लायन्स क्लव अफ बिराटनगर योङ हर्ट तथा मोरङ जिल्ला क्रिकेट संघको आयोजनामा बिराटनगरमा जारी मोरङ जिल्ला स्तरीय ए डिभिजन क्रिकेट प्रतियोगिताको आइतबार भएको पहिलो सेमीफाइनल खेलमा होराइजन क्रिकेट क्लव विनायक क्रिकेट क्लवलाई १ सय ३५ रनले पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ । 

 

बिराटनगर– १९ स्थित वैजनाथपुर रंगशालामा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको होराइजनले निर्धारित ५० ओभरको खेलमा ४८ दशमलव ५ बलमै सवै विकेट गुमाई २ सय रनको योगफल तयार पारेको थियो । उसका लागि अश्विीनी कामतले ३, रेवतीरमण यादवले २७, राजन मगरले २४ र उत्सव बरालले २२ रनको योगदान दिए । विनायकका कालीचरण यादव, अमित रोय र सुमन मण्डलले समान २–२ विकेट लिए । 

null

जवाफमा २ सय १ रनकोे लक्ष्य सहित जवाफि व्याटिङमा उत्रिएको विनायक २० दशमलव ५ बलै समेटियो । उसका लागि सिद्धान्त साहले २१ र विशाल मण्डलले १५ रन बनाएपनि अन्य ब्याट्सम्यानले दोहोरो अंकको रन बनाउन सकेनन् । होराइजनलका दिपेश कडेलले १० ओभरमा १ मेडन राख्दै २५ रन दिएर ५ विकेट तथा कप्तान पुष्प थापाले १० ओभरमा १ मेडन राख्दै ३२ रन दिएर ५ विकेट लिए । 

सोमबार अन्तिम सेमीफाइनल खेल गुराँस पुस्तकालय र एग्रोभेट क्रिकेट क्लबविच हुने मोरङ क्रिकेट संघका सदस्य राजेश पोखरेलले जानकारी दिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *