काश्मिरमा फेरि मारिए ४ सैनिक

फागुन ६, काठमाडौँ । भारतको जम्मु काश्मिरमा सोमबार पनि सैनिकमाथि गोली प्रहारी गरि हत्या गरिएको छ ।
पुलवा जिल्लाको पिंगलेना भन्ने स्थानमा विद्रोही लडाकु र प्रहरीबीच गोली हानाहान हुँदा ४ जना सैनिकको मृत्यु भएको छ भने एक सैनिक घाइते भएका छन् ।
पुलवा जिल्लाको पिंगलेना भन्ने स्थानमा विद्रोही लडाकुहरु लुकेर बसेको सूचना पाएपछि सेना सो क्षेत्रमा परिचालित भएको थियो । त्यहीबेला गोली हानाहान भएको हो ।
null
अहिले त्यस ठाउँमा सेनाले घेराबन्दी गरेर अपरेशन जारी राखेको बताइएको छ । प्रहरीका अनुसार सेनाका ५५ आरआर, सीआरपीएफ र एसओजीले संयुक्त अपरेशन सुरु गरेका छन् ।
यसअघि पनि पुलवामा भएको दुर्घटनामा ४० सैनिक जवान मृत्यु भएको थियो ।
१४ फ्रेबुअरीको साँझ जम्मू काश्मिरको पुलवामा छुट्टी मनाएर काममा फर्कदै गरेका करिब दुई हजार ५०० सुरक्षाकर्मी लिएर गइरहेका ७८ ओटा सवारी साधनलाई लक्षित गरी विस्फोटक पदार्थले भरिएको एक भ्यानले आत्मघाती आक्रमण गरिएको थियो ।








