रु ८१ हजार ८०० नगद सहित जुवाडे पक्राउ

 माघ २०, साँखु । महानगरीय प्रहरी प्रभाग साँखु र प्रहरी चौकी नाङ्लेभारेले शनिबार साँझ काठमाडौँ चापकोबोटबाट रु ८१ हजार ८०० सहित बाह्र जुवाडे पक्राउ गरेको छ । 

शङ्खरापुर नगरपालिका–१ चापकोबोटस्थित कृष्णबहादुर थिङको घरमा जुवा खेलिरहेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरी टोलीले पक्राउ गरेको महानगरीय प्रहरी प्रभाग साँखुका प्रहरी निरीक्षक लक्ष्मी खनालले जानकारी दिए । 

पक्राउ पर्नेमा काठमाडौँ शङ्खरापुर–१ बस्ने ५१ वर्षीय खड्कबहादुर भुजेल, सोही ठाउँका ४६ वर्षीय सीताराम रिमाल, ५७ वर्षीय बखान तामाङ, ५२ वर्षीय बुदे लामा, ६६ वर्षीय हेमबहादुर वास्तकोटीलगायत बाह्र जना रहेको खनालले बताए । 

null

पक्राउ परेका उनीहरुको थप अनुसन्धान भइरहेको तथा प्रचलित कानूनअनुसार मुद्दा चलाइने प्रहरीले जानकारी दिएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven − 4 =