भेनेजुयलाका विषयमा आफ्नो वक्तव्यमा अडिग छु: प्रचण्ड

माघ २४, चितवन । पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले फागुनको पहिलो साताभित्र पार्टीको तल्लो तहसम्म एकता भइसक्ने बताएका छन् । 

प्रेस चौतारी नेपाल र प्रेस सेन्टर चितवनले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले आज कार्यदलले रिपोर्ट दिएपछि एकता टुङ्ग्याएर अभियानमा लाग्ने बताए । ‘फागुन र चैत महीनामा पार्टीले गरेका कामसमेतलाई जानकारी गराउँदै गाउँगाउँमा अभियान थाल्नेछौँ’, अध्यक्ष दाहालले भने । 

अध्यक्ष दाहालले पत्रकार सम्मेलनमा भेनेजुएला प्रकरणका बारेमा पनि स्पष्ट पारेका छन् । उनले भेनेजुयलाका विषयमा आफूले जारी गरेको विज्ञप्तिमा अडिग रहेको बताए । 

null

उक्त वक्तव्य एउटा राजनीतिक वक्तव्य भएको स्पष्ट पार्दै उनले भने, ‘एउटा स्वतन्त्र, सार्वभौम सत्ता सम्पन्न राष्ट्रको राजनीतिक घटनाक्रममा बाहिर कतैबाट हस्तक्षेप नहोस् भन्ने उद्देश्यले विज्ञप्ति जारी गरिएको हो । परराष्ट्र मन्त्रालयबाट जो स्टेटमेन्ट जारी भयो त्यो पनि मूलतः त्यही स्प्रिटमा नै आयो ।’ 

मङ्गलबार प्रधानमन्त्रीसमेतको सचिवालयको बैठक बसेर पनि हस्तक्षेपको विरोधमा नै विज्ञप्ति जारी भएकाले अब अरू कुराको अर्थ केही नलाग्ने उनले बताए । 

यस्तै दाहालले सरकारले जनताको पक्षमा नयाँ नयाँ काम गरिरहेको बताए । उनले भने, ‘सरकारले लगातार गति पक्रन थालेको छ । तपाईं हेर्दै जानुस् केही समयपछि अझै तीव्रता पाउँछ ।’ 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *