शिक्षकको मापदण्ड तोकिएपछि शिक्षक महासंघले जनायो आपत्ती

काठमाडौं । विद्यालयमा अध्यापन गराइरहेका शिक्षकहरुले अब योग्यता नपुगेको भए ५ वर्ष योग्यता पु¥याउनुपर्ने भएको छ । यो समाचार आजको नेपाल समाचारपत्रमा ईश्वरराज ढकालले लेखेका छन् । सरकारले तयार गरेको राष्ट्रिय शिक्षा ऐनको मस्यौदामा आधारभुत तहमा अध्यापन गराउन कम्तीमा स्नातक र माध्यमिक तहमा कम्तीमा स्नातकोत्तर तह हुनुपर्ने व्यवस्था गरेपछि योग्यता नपुगेका शिक्षकले अनिवार्य रुपमा स्नातक वा स्नातकोत्तर तह पुरा गर्नुपर्ने भएको छ ।
प्रस्तावमा वालविकास केन्द्र इसिडी र कक्षा १ देखि ३ सम्म अध्यापन गराउन भने कक्षा १२ वा प्रविणता प्रमाणपत्र तह अध्ययन पुरा गरे पुग्ने भएको छ । हाल सार्वजनिक भएको मस्यौदा प्रति नेपाल शिक्षक महासंघले आपत्ती जनाएको छ । महासंघका अध्यक्ष बाबुराम थापाले भन्नुभयो, ‘मस्यौदामा यस्तो विषय उल्लेख भएको सुनेको छु, यो ब्यवस्था गर्न लागेको भए हामी मान्दैनौ ।’
उहाँले पाँच वर्ष भित्र योग्यता पु¥याउने विषय हटाउनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘स्नातक तह पुरा गर्न चार वर्ष लाग्ने अवस्थामा कसरी पाँच वर्ष भित्र स्नातकोत्तर तह पुरा गर्न सकिन्छ ।’ उहाँले मस्यौदामा पाँच वर्ष उल्लेख भए त्यसलाई सच्याएर सात वर्ष कायम गर्नुपर्ने बताउनुभयो ।
null








