वीपी प्रतिष्ठानको सिनेट रोक्न चलखेल, उपकूलपतिको आयुक्त पाठक सँग साँठगाँठकाे आशंका !

फागुन २, धरान । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको सिनेट स्थगित गर्ने कसरत भइरहेको छ । प्रतिष्ठानका कूलपति तथा प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा आउँदो फागुन १६ गते डाकिएको ४२ औं सञ्चालक परिषद् बैठक (सिनेट) रोक्न प्रतिष्ठानका उपकूलपति डा. राजकुमार रौनियार यतिबेला राजधानीमा विभिन्न शक्ति केन्द्र भेट्न ब्यस्त छन् । 

पाँच दिन अघि राजधानी आएका उपकूलपति डा. रौनियारले आफ्नै विरुद्ध सिनेट डाकिएको भन्दै सिनेट रोक्न सत्तारुढ दलका नेता तथा सांसदसँग भेट गर्ने कोशिषमा छन् । डा. रौनियारले नेकपाका नेता सांसद योगेश कुमार भट्टराईसँग भेट गर्न खोजिरहेका छन् । यसका लागि उनले सुनसरी मोरङका केहि प्रतिनिधिसभा सांसदसँग कुरा गरेको स्रोतको दावि छ । 

 

null

यसका लागि उनले संविधानविद कानुन ब्यवसायी भिमार्जुन आचार्यको समेत सल्लाह लिइरहेको स्रोतको दावि छ ।  

डा. रौनियार अहिले राजधानीमा केहि प्रतिष्ठित कानुन ब्यवसायीसँग समेत सिनेट रोक्ने सन्दर्भमा राय सल्लाह लिइरहेका छन् । यसैगरी उनले सिनेटले आफुलाई बर्खास्त गर्ने संभावना रहेकोले सो भए कसरी सर्वोच्च अदालत जाने बारे पनि सल्लाह लिइरहेका छन् । यसका लागि उनले संविधानविद कानुन ब्यवसायी भिमार्जुन आचार्यको समेत सल्लाह लिइरहेको स्रोतको दावि छ ।  

‘उहाँ यतै हुनुहुन्छ, स्वास्थ्यमन्त्री र प्रधानमन्त्री ज्यूलाई भेट गर्न खोजिरहनु भएको छ । तर, समय पाइरहनु भएको छैन ।’ स्रोत भन्दछ । सिनेट रोक्नका लागि उपकूलपतिले सुनसरी दुहवीका भारतीय रुपैंयाका कारोबारी जितेन्द्र राइस मिलका सञ्चालक हरिकिशन डाँगासमेत लागि परेका छन् । उनले डा. रौनियारलाई आर्थिक सहयोग गर्दै आइरहेका छन् । दुई दिन अघि डाँगा दुहवीबाट करोडौं रुपैंया लिएर काठमाडौं आएको स्रोतको दावि छ । 

प्रतिष्ठानको उपकूलपति भएर आएपछि करोडौं भ्रष्टाचार काण्डमा मुछिएका रौनियारले आफ्नो कुर्सी जोगाउन विभिन्न शक्ति केन्द्रलाई रिजाउँदै आएका छन् । करोडौं खर्च गरेर डेढ वर्ष अघि उपकूलपति भएका डा. रौनियारले उपकूलपति हुँदा लागेको लागत उठाउन प्रतिष्ठानले खरिद गर्न लागेको एमआरआई उपकरण, एमसिएच, अंकोलोजी, कार्डियोलोजी भवन निर्माण र अस्पतालका अन्य उपकरणमा ब्यापक चलखेल गरेको आरोप छ । 

 

स्वास्थ्यमन्त्री उपेन्द्र यादवले माघ २५ गते प्रतिष्ठानका २१ जना सिनेटरलाई पत्र लेखि फागुन १६ गते ४२ औं सिनेट राखिएकोले अनिवार्य उपस्थित हुन भनेका छन् । मकालु खबरलाई प्राप्त पत्र अनुसार प्रतिष्ठानको ४१ औं सञ्चालक परिषद् बैठकले भवन तथा उपकरण खरिदका सम्बन्धमा मन्त्री परिषद् कार्यालयका सचिब डा. केदारबहादुर अधिकारीको संयोजकत्वमा गठित छानविन कार्यदलले दिएको प्रतिवेदन र सो उपर अध्ययन गरी प्रतिष्ठानको ऐन २०४९ को दफा ११ को (घ) अनुसार स्वास्थ्यमन्त्रीकै अध्यक्षतामा अर्को छानविन समिति गठन भइ त्यसले पनि प्रतिवेदन बुझाइ सकेको थियो । त्यसपछि दुवै प्रतिवेदन अध्ययन गरी प्रधानमन्त्रीको निर्देशनमा गत कार्तिक २० गते प्रतिष्ठानमा उपकुलपति डा. रौनियारलाई सिनेट डाक्न निर्देशन दिइएको थियो । 

तर, उपकूलपतिले आफ्नै विरुद्ध अविस्वासको प्रस्ताव आउने देखेपछि सिनेट राख्ने हिम्मत गरेनन् । त्यसपछि पुनः मंसिर २ गते सिनेट बोलाउन निर्देशन दिएपनि सो समयमा पनि उनले सिनेट नराखेपछि प्रतिष्ठानका सहकूलपति तथा स्वास्थ्यमन्त्रीले प्रधानमन्त्री समक्ष माघ १५ गते उपकूलपतिले बैठक नबोलाएको भन्दै स्पष्ट निर्देशन माग गरेका थिए । 

त्यसपछि प्रधानमन्त्री केपी शर्मा ओलीले ‘प्रतिष्ठानको उपकूलपति विरुद्ध सो ऐनको दफा ११ (घ) बमोजिम छानविन समिति गठन भई प्रतिवेदन समेत प्राप्त भएकोले जुन पदाधिकारीले बैठकको सूचना दिनुपर्ने हो सो पदाधिकारीको सम्बन्धमा छानविन भै प्रतिवेदन समेत प्राप्त भैसकेको र सो प्रतिवेदन परिषद्मा पेश गर्नुपर्ने कानुनी ब्यवस्था रहेकोले उपकूलपतिबाट परिषद्को बैठक बोलाउन र तत् सम्बन्धि कार्य गर्नु गराउन समेत न्याय सम्मत नदेखिएको भन्दै प्रतिष्ठानको नियमावलीको नियम ५.क.१ बमोजिम अध्यक्ष एवं सहकुलपतिले सिनेट बोलाएको हो । 

यता, प्रतिष्ठानका केहि कर्मचारी चिकित्सकले पदीय दुरुपयोग गर्दै प्रतिष्ठानलाई ध्वस्त बनाउन उद्यत उपकूलपति डा. राजकुमार रौनियारलाई सिनेटले बर्खास्त गर्नुपर्ने बताएका छन् । उनीहरुले उपकूलपतिलाई जोगाउने कर्मचारी तथा ब्यक्तिहरुलाई समेत कारवाही गर्न भनेका छन् । ‘प्रतिष्ठान भित्र भइरहेको चलखेल, उपकुलपतिका गलत निर्णयमा फड्के साक्षी बस्नेहरुले पनि कारवाही भोग्नुपर्छ ।’ एक सिनेटरले मकालु खबरसँग नाम उल्लेख नगर्ने शर्तमा भने । 

वीपी प्रतिष्ठानमा भइरहेको भ्रष्टाचारका सन्दर्भमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरीका चाङ छन् । सार्वजनिक स्वास्थ्य प्रतिष्ठानमा वीपी प्रतिष्ठानको सबैभन्दा बढि उजुरी छ । तथापि, दुई वर्षदेखि अख्तियारले किन एउटै फायल खोलिरहेको छैन ? 

अख्तियारका केहि आयुक्तलाई उपकूलपतिले फायल तामेलीमा राख्न मोटो रकम सहयोग गर्ने गरेकोले वीपी प्रतिष्ठानका फायलहरु तामेलीमा राखिएको बुझिएको छ । 

हिजो नेपाल इन्जिनियरिङ कलेजको अनियमितताका सन्दर्भमा अख्तियारका आयुक्त राजनारायण पाठकले फायल तामेलीमा राख्न कै लागि ७८ लाख खाएको सार्वजनिक भएपछि भ्रष्टाचारको छानविन गर्न गठित आयोगका पदाधिकारी नै भ्रष्टाचारमा लिप्त रहेछन् भन्ने पुष्टि भएको छ । भ्रष्टाचार नियन्त्रण गर्ने निकाय नै घुसकाण्डमा मुछिएपछि सरकार र आयोगको सर्वत्र आलोचना भएको छ । 

स्रोतका अनुसार डा. रौनियारले पनि वीपी प्रतिष्ठानका फायल तामेलीमा राख्न आयुक्त पाठकसँग पनि सेटिङ गरेका छन् । यहि भएर प्रतिष्ठानबाट अख्तियारले निकालेका अनियमितताका फायलहरु अख्तियारको दराजमा थन्किएका हुन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 1 =