धरानमा एल एम जी र एम–१६ हतियार सहित एक पक्राउ

फागुन १५, धरान । नेपाली सेनाले बोक्ने एल एम जी र एम–१६ अत्याधुनिक हतियार सहित बुधबार धरानबाट एक जना पक्राउ परेका छन ।  आज विहान पक्राउ परेका ती व्यक्ती नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकता भएको बुझिएको छ ।  

धरान–५ स्थित पानवारी सडक खण्ड अन्र्तगतको चोक्टीमा मोटरसाइकलबाट पूर्व जादै गरेको अवस्थामा मोरङको बेलबारी नगरपालिका–१० का देवकुमार लिम्बूलाई ट्राफिक प्रह्रीले चेक जाचको क्रममा पक्राउ गरिएको हो ।  

चोक्टीमा मोटरसाईकल चेक गर्नेक्रममा उनीहरु झुक्याएर भागेका थिए भने करिव ५ किमी बुढि खोलामा पुग्दा प्रहरीले पिछा गरेपछी उनी पक्राउ परेका हुन् । खोलामा उनीहरुले कुदाएको को ५ प ७५ नं.को मोटरसाईकल लडेपछि लिम्बु प्रहरीकाे फन्दामा परेका हुन् । हतियार बोकेर पछाडी बस्ने व्यक्ति भने हतियार छाडेर भागेका बताइएको छ । 

null

बरामद हतियारबारे विज्ञ टोली मगाएर अनुसन्धान शुरु गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *