अफगानिस्तान सुरक्षा कारबाहीमा नौ लडाकू मारिए

फागुन ७, जलालाबाद ।  अफगानिस्तानको पूर्वी प्रान्त नान्गाहारको खोगीआनी जिल्लामा तालिबान लडाकू समूह लक्षित सोमबार भएको सुरक्षा कारबाहीमा कम्तीमा नौ लडाकू मारिएका छन् । 

प्रान्तीय सरकारद्वारा मङ्गलबार प्रकाशित विज्ञप्तिमा सोमबार राति भएको यस कारबाहीको क्रममा तालिबान लडाकूका प्रमुख शिविर ध्वस्त भएको जनाइएको छ । 

यस कारबाहीका बारेमा तालिबानी समूहले भने कुनै टिप्पणी गरेको छैन ।  

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *