आफू त सिङ्गल लाईफ रक्स– टंक तिमल्सिना

 

हरेक वर्षको फ्रेबुअरी १४ मा मनाइने ‘भ्यालेन्टाइन डे’ लाई प्रेम गर्ने जोडीहरुको उत्सवको रुपमा लिइन्छ । आजको दिन प्रेम गर्ने जोडी र प्रेम प्रस्ताव राख्ने मनसाय बनाएकाहरुका लागि उत्तिकै महत्वपूर्ण छ । 

नजिक हुने प्रेमी–प्रमिकाहरु भेटघाटमा रमाउँछन् भने टाढा हुनेहरु फोन–म्यासेज मार्फत् प्रेम साटासाट गर्छन् । प्रेम र प्रेम दिवस सम्बन्धी सबैको धारणा अलग–अलग हुन्छ । बुझाइ र गराइ पनि फरक हुन्छ । प्रेमका विषयमा गायक टंक तिमल्सिनासँग गरिएका १० प्रश्नः  

null

आज त्यस्तो विशेष योजना त केही छैन । डोटी प्रादेशिक महोत्सवका लागि दिपायलमा छु । दर्शकहरुसँग प्रेम, खुशी साटासाट गरेर मनाइरहेको छु, भ्यालेन्टाइन डे । 

प्रेम एउटा अनुभुति हो । प्रेमविनाको जीवन अपूर्ण मात्रै होइन, कल्पना पनि गर्न सकिन्न । चाहे आमा बुवा सँग होस्, चाहे साथीभाइसँग । चाहे प्रेमी–प्रमीकासँग होस् । प्रेम आवश्यक छ । प्रेमका सामु हरकोही चुक्छन्, झुक्छन् । प्रेम गर्ने जोडीहरुका लागि त ३६५ दिन नै प्रेम दिवस हो । तर, आजको दिनलाई विशेष रुपमा लिइन्छ । प्रेमिल जोडीहरुका लागि उत्सव पनि हो आज । यस विषयमा यो भन्दा बढी थाहा भएन । आफू त सिङ्गल लाईफ रक्स । 

उमेर बढ्दै गएपछि आफूलाई बुझिदिने कोही होस् जस्तो सबैलाई लाग्छ नै । कसैप्रति आकर्षित हुनु स्वभाविक नै हो । मैंले पनि आफूलाई बुझिदिने कोही भेटेको थिएँ, रोजेको थिएँ । उनीसँग प्रेम भएकै हो । मन पनि मिलेकै हो । तर, मैंले उनले चाहेजति समय दिन सकिनँ । म व्यस्त हुन्थेँ धेरैजसो । एक वर्षजति चल्यो उनीसँगको प्रेम । अहिले त ब्रेकअप भइसक्यो । त्यति गहिरो प्रेममा नभएका कारण भुल्न गाह्रो भएन । 

त्यो समयमा म अलि लजालु स्वभावको थिएँ । केटी भन्नेबित्तिकै लाजले भुतुक्कै हुन्थेँ । कसैसँग त्यति बोल्दिन थिएँ । त्यसैले कसैसँग प्रेम पनि भएन, प्रेम प्रस्ताव पनि राखिएन । चाहने कोही थिए होलान् तर, त्यो समयमा गाउँ समाजको माहाेल त्यस्तो थिएन । स्कूल पढ्दा म अलि दुब्लो पनि थिएँ । सबैले सुकुटे भनेर जिस्काउने गर्थे । 

मैंले अघि भनिहालेँ । म एकदमै व्यस्त हुन्छु । कसैसँग बोल्ने, भेट्ने त्यति फुर्सद नै हुँदैन । फेसबुकमा जोडिएका कोही छन् भने हेल्लो हाई मात्रै हो, फुर्सद हुँदा । म तिमीलाई माया गर्छु, आई लभ यू भन्नेसम्म पुगेकै छैन । फ्यान्सहरुको प्रस्ताव चैँ धेरै नै आउँछ । दिनमा दुई तीन जनाको त आएकै हुन्छ । तर, म त्यसलाई सामान्य रुपमा नै लिन्छु । एकचोटि बर्दियामा मैंले गीत गाउँदा एकजना फ्यान ताली बजाएर नाँचीरहनु भएको थियो । पछि उहाँले भेट्नका लागि बोलाउनु भयो । म पनि भेट्न गएँ । त्यहाँ गएपछि त उहाँ आज नै बिहे गरौँ, भगाएर लैजानुस् भन्न थाल्नुभयो । बल्लतल्ल सम्झाएर पठाएँ । 

छैन । मलाई त यसबारे केही कुरै थाहा छैन । भ्यालेन्टाइन स्पेशल वेब सिरिज चैँ गरेको छु मैंले । यूटुबमा रिलिज पनि भएको छ । तर अहिलेसम्म प्रेमिकासँग मनाउने अवसर पाएको छैन । त्यही हो साथीहरुसँग घुमफिर गर्न, फिल्म हेर्न चैँ गइन्छ । 

प्रेम र यौन परिपुरक हुन् । पहिले प्रेम, त्यसपछि मात्र यौन हो । आफ्नो मनलाई कसैप्रति समर्पित गरिसकेपछि, सबैसामु मेरो भनेर परिचित गराइसकेपछि कसैले नराम्रो नजर हेर्दैन । दुवैको इच्छा भए त्यतिबेला यौनलाई अगाडी बढाउन पनि सकिन्छ । प्रेमपछिको स्वतन्त्रता यौन हो । प्रेमले मान्छेको भावनालाई शरीरको गहिराइमा पुर्याएर मन–मनको निकटता गराउँछ । प्रेम मानिसको चरित्रगत विशेषता हो भने यौन प्रेमको चरम रुप हो । प्रेमको शारीरिक अभिव्यक्ति यौन हो । प्रेम र यौनलाई छुट्टै राख्नै सकिँदैन । 

आउने सम्भावना त त्यति छैन । आइहाले पनि फ्यानको आउने हो । विशेष नै आयो भने चैँ एकपटक सोच्नुपर्ला । उनको बारेमा बुझ्नुपर्ला । चिन्नु पनि पर्यो । ठिक लाग्यो, मन मिल्यो भने स्वीकारिन्छ पनि । 

जिन्दगी सरल छैन, निकै अप्ठ्यारो छ । जिन्दगीका बाटा, गन्तव्यहरुमा काँडाहरु धेरै हुन्छन्, कतै अल्झेर ठेस पनि लाग्छ । त्यस्तै काँडाहरु पन्छाइदिने । चोट लाग्दा मलम लगाइदिने । प्रेमको महत्व बुझेको, हेरविचार गर्ने । भावनालाई बुझिदिने, यस्तै जीवनसाथी भइदिए हुन्थ्यो जस्तो लाग्छ । साथै समयको महत्व पनि बुझेको हुनुपर्यो । 

अहिले नै प्रेमिका, जीवनसाथी त छैन तर भएपछि म उनलाई हरेक खुशी दिनेछु । सुख दिनेछु । धेरै भन्दा धेरै समय पनि जीवनसाथीलाई नै दिनेछु । उनको भावना बुझ्ने कोशिस गर्नेछु । सायद अबको दुई वर्षपछि विवाह हुन पनि सक्छ । सम्भावना धेरै छ । 

जिन्दगीको महत्व बुझेर मात्रै प्रेमलाई अगाडी बढाउनुहोला । प्रेममा धोका पाइयो भन्दैमा आत्महत्याको बाटो नरोज्नुहोला । जीवन अमूल्य छ । प्रेमकै कारण कोही डिप्रेशनमा नजानुहोला । आफ्नो कामलाई प्राथमिकतामा राख्नुस् भन्न चाहन्छु । पहिले मन चिनेर, बुझेर मात्रै प्रेम गर्नुस्, ताकि जीवनभर चलोस् । धोका खानु नपरोस् । अन्त्यमा दर्शक तथा श्रोताहरुलाई ह्याप्पी भ्यालेन्टाइन डे भन्न चाहन्छु । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + eight =