आज वसन्तपञ्चमी, विद्याकी देवी सरस्वतीको आराधना गर्ने दिन

काठमाडौं । माघ शुक्ल पञ्चमी। विद्याकी अधिष्ठात्री देवी सरस्वतीको उपासना गर्ने दिन। विद्या आर्जन गर्नेहरूले यो दिन सरस्वतीको आराधना गर्छन्। 

बालबालिकालाई अक्षरारम्भ वा विद्यारम्भ गराउने चलन पनि छ। देवीभागवत महापुराणको नवम स्कन्ध चतुर्थ अध्यायमा माघ शुक्ल पञ्चमीमा गरिने सरस्वती पूजाबारे उल्लेख छ। 

संस्कृत (अमर) कोषमा देवी सरस्वतीलाई ब्राह्मी, भारती, भाषा गीः वाक्, वाणी आदि नामले चिनाइएको छ। शारदा, श्री आदि नामले पनि यिनी परिचित छिन्। पुराणमा सरस्वतीको उत्पत्तिबारे विभिन्न कथा आउँछ। सृष्टिकर्ता ब्रह्माजीले आफ्नो शरीरलाई आधा गरी सरस्वतीको उत्पत्ति गरेको प्रसङ्ग प्रख्यात छ। 

null

यस्तै मुखबाट उत्पत्ति भएको अर्को प्रसङ्गअनुसार सरस्वतीलाई वाग्देवी (वाक् देवी) भनिएको छ। सेतो वस्त्रमा सुशोभित, चार हातमा स्फटिकको माला, वीणा र पुस्तक लिएर पद्म (कमल)को आसन बनाएकी, शान्त स्वरूपकी भगवती सरस्वतीले सदा सर्वदा बुद्धि–विद्या प्रदान गरुन् भन्ने विद्यार्थीको कामना हुन्छ। 

विद्या र सरस्वती केलाई विद्या भन्ने, विद्याको उपयोग कसरी गर्ने र कसलाई विद्वान् भन्ने विषयमा विवाद रहँदै आएको छ। पूर्वीय मान्यताअनुसार विद्याले मानिसलाई विनय र विवेकशील बनाउनुपर्छ। अरुलाई चोट लाग्दा आफूलाई लागेको जस्तोगरी दुख्नुपर्छ। 

यसको विपरीत आज मानिसमा विनय, विवेक र परोपकारको भावना हराउँदैछ। भौतिक सुखभोगका लागि दौडाउने विद्याको प्रचूरता छ। 

एउटा मानिसले अर्कोलाई नगन्ने, अरुको अस्तित्व स्वीकार नगर्ने, आफू अघि बढ्न अरुलाई चोट दिन सिकाउने विद्याको बाहुल्य हुँदै गर्दा मानवीय मूल्य मान्यता हराउँदैछन्। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + nine =