रजत जयन्तीमा विविध सामाजिक कार्यक्रम

फागुन ६, दुहवी । माउण्ट एभरेष्ट सेकेन्डेरी स्कुलले रजत जयन्तीको अवसरमा सोमबारदेखि विभिन्न विविध सामाजिक कार्यक्रम सुरु गरेको छ । 

 

दुहवी ८ स्थित कदमगाछीमा माउण्ट एभरेष्ट सेकेन्डेरी इङलिस स्कुलको २५ वर्ष पुरा गरेको अवसर रजत जयन्तीमा विविध सामाजिक कार्यक्रम अन्तर्गत वृक्षा रोपन र जेव्रा क्रसिङ बनाउँने कार्यक्रम समपन्न भएको छ । 

null

कार्यक्रममा प्रमुख अतिथि रहेका दुहवी वडा नम्वर ८ का वडाध्यक्ष तारिकचन्द सरदारले शुभकामना मन्तव्य दिदैं अहिलेका विद्यार्थी भनेका भोलिका भविश्यक मार्गदर्शक रहेको बताउँदै विद्यार्थीहरुलाई पठनपाठन मात्रै नभई बिभिन्न कृयाकलाप गराउनु आजको आवश्यकता रहेको जनाए । 

 

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एस रहमान राइनको अध्यक्षतामा भएको सो कार्यक्रममा स्थानिय संघ संस्थाका प्रतिनिधि, समाजसेवी,प्रहरी, सञ्चारकर्मी लगायतले शुभकामना दिएका थिए ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *