फाउण्डेशन नै ठूलो हो भने सरकारको औचित्य के हो ?

बिगत १ हप्ता देखि सामाजिक संजालमा भाईरल भई रहेको गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट स्टेडियम र हास्य कलाकार द्वय धुर्मुस सुन्तली फाउण्डेशनको बिषयमा चर्चा परीचर्चा भई रहदा केही लेख्ने जमर्को गरेको छु । 

धुर्मुस सुन्तलीको फाउण्डेशन र यसले गरेका कार्य प्रति मेरो बिरोध कदाचित होईन तर, पनि एउटा ब्यापारीक हिसाबले निर्माण गर्न लागेको स्टेडियमको भित्री रहस्यलाई उजगार गर्न खोजेको मात्र हुँ । मैले धुर्मुस सुन्तलीको कामलाई भन्दा पनि नेपाल सरकारको कार्य रणनितिको बिरोध गरेको हुँ । 

देशको राजनीतिक अस्थिरता र राज्य चलाउने अपरीपक्व रणनितिका कारण ४० लाख भन्दा बढी नेपाली होनाहार युवा युवतीहरू बिदेशी भूमिमा कार्यरत छन् । 

null

 

आफ्नो शरीरलाई नेपालमा च्याउ सरी उम्रिएका मेन पावर कम्पनीको दैलोमा पुगेर आफुले आफैलाई बेच्दै बिदेशीएका हरूको दुःख पीडाको हामी यो २/४ शब्दले कोरीएका हरफहरूमा उजागार समेत गर्न सक्दैनौं । कहाली लाग्दो र दुखद क्षणहरूमा गुज्रिएका नेपालीहरू चाहे ५० डिग्री तापक्रममा साउदी कतारमा कार्यरत हुन्, चाहे माईनस ५० डिग्री सम्मको चिसो युरोप अमेरीका किन नहोस । सबै आफ्ना पारीवारीक आर्थिक स्थितिलाई मजबुद बनाउन लागि परी रहेको अबस्थामा बेलाबेलामा बिभिन्न कार्यहरूका लागि सहयोग उठाउने कार्य पनि नभएको होईन । त्यसरी सहयोग गर्ने र जुटाई दिने अभियन्ताको रूपमा मैले पनि काम गर्दै आएको छु । 

बिदेशीएका नेपालीले छुट्टी आउँदा आफ्नै ब्यक्तिगत प्रयोजनका लागि बिदेशबाट ल्याएका केही बोतल रक्सी माथि पनि गिद्धे नजर लगाउने सरकारलाई हाम्रो मनले कसरी सहयोग गर्ने ? 

डोल्मा शेर्पा देखि अमर बम, अनिस खालिङ राई हुँदै मृगौला पीडितहरू र ब्लड क्यान्सर पीडितहरूलाई सहयोग जुटाउदै आएको अबस्थामा बिगतमा धुर्मुस सुन्तली फाउण्डेशनले भुकम्प पीडित र बाढी पिडीत साथै जाडोमा कठयाङ्ग्रीएर जीवन विताइ रहेका नेपालीहरूका लागि निर्माण गरेको मुसहर बस्ति र एकिकृत नमुना बस्ति निर्माण गर्दा बिदेशीएकाहरूको सहयोगकै कारण कार्य सम्पन्न भएकै हो । तर, आज धुर्मुस सुन्तली फाउण्डेशनले जुन रणनिती लिएर गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला बनाउने अभियान थालेको छ यो एकदमै गलत साबित हुने छ । हास्य कलाकार जोडीलाई अगाडी सारेर नेपाल सरकारले जुन रणनीति अपनायो यसबाट के प्रष्ट हुन्छ भने धुर्मुस सुन्तली नेकपाको एजेन्ट नै हुन् । ओली सरकारले धुर्मुस सुन्तलीलाई हतियार बनाएर नाफा मुलक स्टेडियम बनाउन ठेक्का दिएको छ । 

नेपाल सरकारले राष्ट्रिय खेलकुद परिषद्सँग समन्वय गरी सरकारकै ढुकुटीबाट खेल मैदान निर्माण गर्नु पर्ने हो तर, सरकार किन निरीह बन्दै छ ? नेपाल सरकार ठूलो हो की एउटा ब्यक्तिले खोलेको फाउण्डेशन ठूलो हो ? यदी फाउण्डेशन नै ठूलो हो भने सरकारको औचित्य के हो ? बिदेशीएका नेपालीको रोजी रोटीको छाक कटाएर जनता लुट्ने कार्यमा अग्रसरता देखाउन उचित होला र ? बिदेशीएका नेपालीले छुट्टी आउँदा आफ्नै ब्यक्तिगत प्रयोजनका लागि बिदेशबाट ल्याएका केही बोतल रक्सी माथि पनि गिद्धे नजर लगाउने सरकारलाई हाम्रो मनले कसरी सहयोग गर्ने ? 

हामीले दिएकै करबाट बन्नु पर्ने होईन र बाटो घाटो साथै खेलकुद मैदान । बार्षिक छुट्टाईएको बजेटलाई कोल्याप्स गराई दिने, एनसेलबाट लिनु पर्ने ७२ अरब राजस्व लिन नसक्ने, प्रचण्डले घोटाला गरेको भनिएको २० अरब छानबिन गर्न नसक्ने, वाईड बडी जहाजको खरीद प्रकृयामा भएको ४ अरब बढी भ्रष्ट्राचार भएको रकमको खोजतलास गर्न नसक्ने, भ्रष्ट्रचारीहरूलाई कानुनी कठघरामा ल्याएर पैसा उठाउन नसक्ने अनि उल्टै हास्य कलाकार धुर्मुस सुन्तलीलाई रंगशाला बनाउन दिने ! 

नाफा मुलक र ब्यवसायिक हिसावमा निर्माण हुने क्रिकेट स्टेडियमको फाईदा कसले लिने ? धुर्मुस सुन्तली फाउण्डेशन वा भरतपुर महानगरपालिकाले ? के स्टेडियम बन्दा अनुदान गर्नेहरूले चाँहि केही नपाउने ? स्मरण रहोस नमुना बस्ति र मुसहर बस्ति बनेको जस्तो सजिलो छैन क्रिकेट स्टेडियम बन्न । 

 

लगभग ३ अरबको लेखा जोखा गरीएको परीयोजना चानचुने भने पक्कै छैन् । सरकारले धुर्मुस सुन्तलीलाई अगाडी सारेर स्टेडियम बनाउनु भन्दा आफैले निर्माण गरेको राम्रो साथै धुर्मुस सुन्तलीलाई एउटै अनुरोध तपाईहरूको संस्थालाई नेकपाको भातृ संगठनको दर्जा नदिनु होला । बिदेशीएका नेपालीको गाँस खोसेर सरकारलाई खुशी बनाउदै नाम र तक्मा थप्ने काम नगर्नु होला किनकी तपाईहरूको जति भूमिका छ त्यति नै भूमिका ती तपाईको फाउण्डेशनलाई सहयोग पुर्याउनेको पनि छ । 

लेखक अधिकारी नेपाली काङ्ग्रेस जनसम्पर्क समिती मकाउका महामन्त्री हुन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *