अस्तव्यस्त बिराटनगर, बाइपास नराख्दा यात्रुलाई सास्ती

फागुन १, बिराटनगर । ढलको पाइप बिच्छयाउन सडक खनिएपछी बिराटनगरको बजार क्षेत्र यतिबेला अस्तव्यस्त बनेको छ । यातायातका साधन सञ्चालनका लागि वाईपास सडक नछाडी ढलको पाइप विच्छयाउन अन्धाधुन्ध खनिएपछी बिराटनगर बजार क्षेत्र यतिबेला अस्त व्यस्त बनेको हो । 

 

बिराटनगर महानगरपालिकाले साफ महिला फुटवल च्याम्पीयनशिप प्रतियोगिता सञ्चालन हुनुअघि सक्ने लक्ष्य सहित बिराटनगरको मुख्य बजार, हस्पिटल रोड, रंगशाला छेउलगायतका स्थनमा ढलको पाइप बिच्छयाउन सडक बैकल्पिक व्यवस्थानै नगरि खनेको छ । संयुक्त टोल नगर समन्वय समिति बिराटनगरका संयोजक राजु मास्केले आवत जावतको वैकल्पीक व्यवस्था विना जथाभावी सडक खनिएका कारण सर्वसाधारणले सास्ती भोग्नुपरेको बताए । 

null

 

उनले भने ‘एकातर्फबाट पस्दा अर्को तर्फबाटछ निस्कने ठाउँ हुँदैन । जताततै खनेका कारण सर्वसाधारणले गन्तव्यमा पुग्न सास्ती भोग्नु परेको छ । अझ एक छिन अघि सम्म ठिक सडक एकै छिनमा फर्कँदा खनिरहेको हुन्छ । अलि पर जानुपर्ने ठाउँमा पनि १० किलोमिटर वढी बाटो घुमेर आइरहनु परेको छ । यसले सबैलाई हैरानी बनाएको छ ।’ भरपर्दो विकल्प बिनै महानगरपालिकाले अस्त व्यस्तरुपमा सडक खनेका कारण समस्या भएको उनको गुनासो छ । उनले बाईपासका लागि समेत सडक नराखिएका कारण बिराटनगर बजार पुरै अस्त व्यस्त बनेको बताए । 

 

महानगरपालिकाले तीनपैनि चोकदेखी दक्षिण मेनरोड, जिल्ला प्रशासन कार्यालयदेखी अस्पताल चोक सम्मको सडक, ठाकुरवाडी रोडलगायत अन्य भित्री सडक खनेका कारण उपचारका लागि बिरामी समेत समस्या भोग्दै आउँनु परेको छ । मोरङको डायनियाँबाट कोशि अञ्चल अस्पतालमा उपचारका लागि श्रीमती लिएर आएका सुरेन्द्र दासले सडक खनिएका कारण उपचारकालागी अस्पताल पुर्याउन हम्म हम्मे परेको बताए । दासले भने ‘ मेरी श्रीमती निकै बिरामी छिन उनलाई कोशी अस्पतालमा उपचार गराउँन लिएर आएको तर सबै बाटो खनिएको रहेछ । 

 

बाईपास बाटोनै नराखी खनेर हामीलाई किन हैरानी दिएको हो बुझ्नै सकिएन ।’ बिराटनगर महानगरपालिकाले व्यवस्थित योजनाका साथ काम नगर्दा धेरैले सास्ती खेप्दै आउँनु परेको डा. मदन कोईराला बताउँछ् । ‘ आज काम विशेषले नबिल बैंक पुग्न तीनतिर बाटो घुम्नुपर्यो’ उनी भन्छन् ‘घुमेर जाँदा पनि दुवैतर्फ खनेको अवस्था थियो ।’ अस्तव्यस्त सडकका कारण दुख पाएको उनले गुनासो गरे ।  

योजनावद्ध रुपमा काम भएन बिराटनगर महानगरले सबै सडक खनेपछी बिभिन्न अस्तालहरु पुग्न यात्रुलाई समस्या छ । बिराटनगरको न्यूरो अस्पताल पुग्ने दायाँ बाँयाँको सडक खनिएको छ । कोशि अञ्चल अस्पताल प्रवेशद्धार पनि खनिएको छ । प्रवेशद्धारमै खनिएका कारण बिरामी बोक्ने एम्बुलेन्सलाई अस्पता सम्म पुग्न समस्या छ । न्यूरो अस्पताल बिराटनगरका अपरेशनल डाइरेक्टर राजेश भट्टराई कष्टपूर्ण यात्रा गर्दै बिरामी आउनुपर्ने बाध्यता रहेको बताउँछन् । 

 

उनी भन्छन् ‘ काम सुरु गर्दा वैकल्पीक सडक खोल्ने सहमति भएको थियो तर अहिले नाकाबन्दी लगाए जस्तै छ ।’ न्यूरो अस्पताल सम्म पुग्ने सडक खनिएको डेढ महिना पुग् लागेको छ । तर, अझैपनि नाला निर्माणको काम सकिएको छैन । सडक भत्काएका कारण २० रुपैयाँ भाडा लाग्ने सडकमा २ सय रुपैयाँ सम्म भाडा तिर्नुपरेको भट्टराई बताउँछन् । उनले भने ‘वैकल्पीक सडक नबनाएका कारण नगरवासीले साँच्चै दुख भोग्नु परेको छ ।’ मेयर भन्छन् ‘चाँडै काम सकिन्छ’  

यता बिराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले साफ महिला फुटवल च्याम्पीयनशिपको उद्द्धाटन अघि भित्रि बजारको काम सक्ने योजना रहेको बताए । साफको तयारीका लागि काम तिब्र बनाइएको बताउँदै उनले साफ अघिनै समस्या समाधान हुने उनले दावि गरे । मेयर पराजुलीले दिउँसो र राती २ ‘सिफ्ट’ मा गरि काम भइरहेकाले छिट्टै सकने दावी गरे । 

 

मुख्य बजार अस्त व्यस्त बनेपछी सर्वसाधारणले बिरोध गरेका छन् । मेयर पराजुलीले भने सामाजिक सञ्जाल मार्फत बिराटनगरवासीले भोग्नुपरेको सास्तीप्रति क्षमा याचना मागेका छन् । फेसबुक मार्फत उनले भनेका छन् ‘बिराटनगर महानगरपालिकाका प्राय सवै स्थानमा विकास निर्माणका कार्यहरु दु्रत गतिमा भइरहेको छ । कतिपय बाटो बन्ने बनाउने क्रममा छन् । यसर्थ विकास निर्माणका काममा महानगरवासीहरुले भोगिरहनुभएको असहजताप्रती क्षमाप्रार्थी छु । महानगरवासीले पाउँनुभएको सास्ती चाँडैनै हल हुनेमा आशावादी छु ।’ 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + seven =