श्रीमतीलाई जबरजस्ती करणी गरेपछि..

अछाम । अछाममा आफ्नै श्रीमतीलाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । चौरपाटी गाउँपालिका–५ निबासी ४५ वर्षीय रमेश आफ्नै श्रीमतीलाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका हुन् । 

आफूलाई जबरजस्ती करणी गरेको भनी श्रीमतीले जाहेरी दिएपछि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । मदिरा सेवन गरी पटक पटक इच्छाविपरित यौन सम्पर्क गर्ने गरेको भनी उजुरी दिएको र पक्राउ गरी अनुसन्धान भइरहेको डिएसपी जनक शाहीले जानकारी दिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 2 =