१६ औं अनसन तोड्दै डा. गोविन्द केसी

 

माघ १८, काठमाडौं । डा. गोविन्द केसीले अनसन तोड्दैछन् । सरकारले चिकित्सा शिक्षा विधेयक प्रतिनिधिसभा र राष्ट्रिय सभाबाट पारित गरेसँगै डा. केसी प्रति अनुदार भएको थियो । 

१६ औँ अनशनको २४ औँ दिन सम्म पनि सरकारले वार्ता गर्ने छाँटकाँट नगरेपछि चिकित्सक, मानवअधिकारकर्मीहरुको दवावमा डा. गोविन्द केसीले अनशन तोड्ने भएका हुन् । 

null

शुक्रबार दिनभरिजसो पूर्वराष्ट्रपति डा. रामवरण यादव, पूर्वप्रधानन्यायाधीश सुशीला कार्की, चिकित्सा शिक्षा आयोगका प्रमुख केदारभक्त माथेमालगायत नागरिक अगुवाहरुले डा. केसीलाई अनशन तोड्न आग्रह गरेका थिए । 

‘नागरिक समाजका अगुवाहरुको आग्रहलाई स्वीकार गर्दै डा. गोबिन्द केसीले २४ दिन लामो सत्याग्रह हाललाइ स्थगन गर्ने निर्णय लिनुभएको छ । यस अभियानमा सघाउने सम्पूर्णलाई हृदयदेखि नै धन्यबाद !!!’, उनका शुभचिन्तक डा. अभिषेकराज सिंहले ट्विटरमा लेखेका छन् । 

डा. केसीले अहिले मनमोहन अस्पताल परिसरमा पत्रकार सम्मेलन गरी अनशन तोड्ने तयारी गरेका हुन् ।अहिले डा. केसीका शुभचिन्तक र नागरिक अगुवाबीच छलफल चलिरहेको छ । 

चिकित्सा शिक्षा विधेयक प्रतिनिधिसभा र राष्ट्रियसभाबाट पारित भएपछि सरकारले बेवास्ता गरेकाले डा. केसीले जीवनरक्षाका लागि अनशन तोड्ने भएका हुन् । 

डा. केसीको समर्थनमा आन्दोलनमा उत्रिएका सरकारी चिकित्सकलाई सरकारले कारवाही गर्ने तयारी समेत गरेकाले डा. केसीलाई अनसन तोड्न चौतर्फि दवाव परेको थियो । 

प्रतिपक्षी नेपाली कांग्रेसले अब डा. केसीको मुद्दालाई बोक्ने बताएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + twelve =