आज सोनाम ल्होछार, टुँडिखेलमा विशेष कार्यक्रम

काठमाडौं । तामाङ समुदायको नयाँ वर्ष अर्थात् सोनम सोनाम ल्होछार। सोनम ल्होछार प्रत्येक वर्ष माघ शुक्ल प्रदिपदामा सुरु हुन्छ। ल्हो अर्थात् नयाँ। छार(सार) वर्ष। मञ्जुश्री पात्रोअनुसार कुकुर वर्ष पूरा भई मंगलबार सुंगुर वर्ष लागेको छ। यो २८५५औँ ल्होछार हो।  

ल्होछारका १२ वटै वर्ष पशुपक्षीको नामबाट गणना गरिएको अनुसन्धाता टीका शेर्पाले जानकारी दिए। सोनाम ल्होछारलाई मुसा, गाई, बाघ, बिरालो, गरुड, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्षमा विभाजन गरिएको ल्होछार मूल आयोजक समितिकी वरिष्ठ उपाध्यक्ष बेली लो तामाङले बताइन्।  

ल्होछारको अवसरमा नेपाल तामाङ घेदुङलगायत संस्थाले टुँडिखेलमा विशेष कार्यक्रम आयोजना गर्ने जनाइएको छ। सोनाम ल्होछार महोत्सवमा तामाङ जातिको खाना, वेषभूषा, कला संस्कृतिलगायत प्रदर्शन गरिने जनाइएको छ। 

null

मंगलबार दिउँसो १ बजे टुँडिखेलमा हुने कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको मूल आयोजक समितिले जनाएको छ। यो अवसरमा प्रदेश ३ सरकारले मंगलबार सार्वजनिक बिदा दिएको छ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *