पोखरामा एनसेलको टावर ध्वस्त, विद्युत र इन्टरनेट अवरुद्ध

 

फागुन १०, काठमाडौँ । काठमाडौँमा बम बिस्फोट भएको केही समय बित्न नपाउँदै पोखरामा पनि एनसेलको टावरमा आगजनी गरिएको छ । 

शुक्रबार राति करिब १० बजेको समयमा पोखरा महानगरपालिका–२७ चन्द्रकालिका डाँडाँको नाकस्थित एनसेलको टावरमा आगजनी भएको हो । 

null

प्रहरी कार्याल सिस्वाले दिएको जानकारी अनुसार डाडाँमा रहेकाले दम्कमल आउँदा आउँदै टावर जलेर ध्वस्त भएको हो । 

आगो कसरी लाग्‍यो भन्‍ने अहिलेसम्‍म खुल्‍न सकेको छैन। यस विषयमा थप सत्य तथ्य बुझ्न अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

एनसेलको टावर जलेसँगै लेखनाथ क्षेत्रमा विद्युत र इन्टरनेटको लाइन काटिएको छ । 

यता काठमाडौँको नख्खुस्थित एनसेल टावरलाई लक्षित गर्दै बम बिस्फोट गरिएको थियो भने कमलपोखरिस्थित आँगन रेष्टुरेन्टमा कालो झोलामा राखिएको प्रेसर कुकर बम डिस्पोज टोलीले निस्कृय पारेको थियो । 

नक्खु चोक नजिकको एनसेल टावरमा आज साँझ ७ः५५ बजे अज्ञात समूहले गराएको बम विष्फोटमा तीनजना घाइते भएका थिए । 

घाइते प्रतीक्षा खड्काको अल्का अस्पताल, आयुषा मानन्धरको मेडिसिटी अस्पताल र सिंहप्रसाद गुरुङको बिएण्डबी अस्पतालमा उपचार भइरहेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − 13 =