बर्दगोरीया गाउपालिकाका अध्यक्षको मनोमानी बढदो

माघ २६, काठमाडौं । कैलालीको बर्दगोरीया गाउपालिकाका अध्यक्षले मनोमानी ढंगले बजेट विनियोजन गरेको स्थानीयको आरोप छ । गाउँपालिकाका अध्यक्ष बलिराम डगौरा थारुले मनोमानी ढंगबाट रकम बिनियोजन गरेको स्थानीयहरुले आरोप लगाएका हुन ।
अध्यक्ष डगौरा थारुले बर्दगोरीया धाममा बाटो ग्रावेल तथा माघि मेलाको लागी कार्यपालिकाको निर्णय र ईस्टिमेट बिना २० लाख रुपैया बिनियोजन गरेको पाईएकोे छ । यद्यपी रकम भने निकाशा हुन सकेको छैन ।
अध्यक्षले मनोमानी ढंगबाट बजेट बिनियोजन गर्दा कार्यपालिकाको बैठकमा सहमती जुटन नसकेको छैन । अध्यक्षका मनोमानीमा फड्के साक्षी बस्न नसकिने कार्यपालिकाका एक सदस्यले बताए ।
null
‘अध्यक्ष ज्युले भनेको कुरालाई हामी आँखा चिम्लेर बिश्वास गर्न सक्दैनौ, प्राबिधिकले अनुगमन गरी ईस्टिमेट गर्छ सोही अनुरुप रकम बिनियोजन हुन्छ ।’
योजनाको सुरुमै ईस्टिमेट बनाई काम शुरु गर्नुपर्नेमा काम सम्पन्न पश्चात ईस्टिमेट बनाउन खोज्नु र आफुले भने बमोजिम रकम बिनियोजन हुनु पर्ने माग राख्ने कार्य रकम दुरुपयोगको प्रयास भन्दै चौतर्फी बिरोध भएको छ ।
गाउपालिका अध्यक्षले भने रकम बिनियोजनको बिषयमा कार्यपालिकाको बैठक बस्न नसकेकाले निर्णय गर्न नसकिएको भन्दै आफुले निर्णय बिना नै काम शुरु गरेको स्वीकार गरे । ‘अब प्राबिधिकलाई अनुगमनमा पठाएर ईस्टिमेट बनाई सोही अनुसारको रकम बिनियोजन गर्ने छु ।’ अध्यक्ष थारुले भने ।
रकम बिनियोजन गरेर काम गर्दा आफनै क्षेत्रको बिकाश हुने भएपनी ईस्टिमेट बिना काम गर्दा प्रभावकारी नहुने र रकमको ब्यापक दुरुपयोग हुन सक्ने भन्दै स्थानीयहरुले चिन्ता ब्यक्त गरेका छन । बाटो ग्रावेल गरेको लामो समय हुँदा पनी बाटोको अनुगमन र माघी मेलामा भएको कारोवारको खर्च समेत सार्वजनिक गरीएको छैन ।








