स्वतन्त्र शैक्षिक परामर्श संघ (फेकन) साधारणसभा

माघ २०, काठमाडौं । महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापाले शैक्षिक परामर्श क्षेत्रले उच्च शिक्षा हासिल गर्न चाहने विद्यार्थीलाई विदेशमा अध्ययनका लागि पठाउने गरेको र मुलुकमा राजनीतिक स्थिरता र विकास निर्माणका कार्य धमाधम भइरहेको अवस्थामा विदेशमा उच्च शिक्षा लिएका विद्यार्थी नेपाल फर्कने वातावरण बनाउने बताएकी छिन् ।
स्वतन्त्र शैक्षिक परामर्श संघ फेकनको ९ औं साधारणसभाको अवसरमा बोल्दै मन्त्री थापाले संमृद्ध नेपाल सुखी नेपाली बनाउने चाहना पूरा गर्न विदेशीएका युवा सिप सिकेर नेपाल फर्कनुपर्ने जिकिर गरिन् । ‘मुलुकमा राजनीतिक स्थिरता कायम भएको छ, अब देश विकास गर्ने बेला हो, विदेशमा रहेका दक्ष जनशक्ति नेपाल फर्कन पर्दछ ।
null
यसका लागि हामी सबैले सहकार्य गरेर वातावरण बनाउनु पर्छ ।’ उनले भनिन् । कार्यक्रममा नेकपा सांसद रामनारायण विडारीले नेपाली विद्यार्थीलाई उच्च शिक्षा आर्जनका लागि विदेश अध्ययनमा पठाउने व्यवसायीलाई राज्यले राम्रो नजरले नहेरेको र व्यवसायलाई मर्यादित र व्यवस्थीत बनाउन शिक्षा नियमावली र निर्देशिकामै स्पष्ट व्यवस्था गर्नुपर्ने बताए । उनले शैक्षिक परामर्श ब्यवसायलाई स्थानिय, संघिय वा केन्द्रमा नै दर्ता गरेर सञ्चालन गर्ने विषयमा सरकारले अन्यौलता सृजना गरिरहेको भन्दै स्पष्ट खाका बनाउन आवश्यक रहेकोमा जोड दिए ।
कार्यक्रममा सहभागी कांग्रेस नेता रामहरी खतिवडालाई इंगीत गर्दै चिकित्सा शिक्षा विधयकको विषयमा गोविन्द केसीलाई गएर अब देशमा कानुनी शासन चल्ने हुँदा कुनै पनि विद्यार्थीले चर्को शुल्क तिरेर मेडिकल शिक्षा आर्जन गर्नुपर्ने अवस्था नरहेको बताए । कार्यक्रममा बोल्दै फेकनका अध्यक्ष युवराज कटुवालले शैक्षिक परामर्श क्षेत्रमा स्पष्ट निर्देशिकाको आवश्यकता औल्याउँदै शैक्षिक परामर्श निर्देशिकामा समस्या रहेको बताए ।
‘बर्तमान शिक्षा नियमावलीमा धेरै समस्या छ, शैक्षिक परामर्श ब्यवसायलाई सञ्चालन गर्नका लागि स्पष्ट निर्देशिका आउन पर्दछ ।’ उनले भने । कार्यक्रममा बोल्दै शैक्षिक प्रमाणिकरण शाखाका प्रमुख कृष्ण प्रसाद पोखरेलले शैक्षिक परामर्श सम्बन्धि निर्देशिका तयार भएर मन्त्रिपरिषदमा पुगेको र स्वीकृतिको अन्तिम चरणमा रहेको जानकारी दिए । कार्यक्रममा बोल्दै नेपाल शैक्षिक परामर्श संघ इक्यानका अध्यक्ष विष्णुहरि पाण्डेले शैक्षिक परामर्श ब्यवसायलाई मर्यादित, सुरक्षित र ब्यवस्थित गर्दै आफ्ना हक अधिकार संस्थागत गर्ने सवालमा फेकनलाई एक जुट भएर अगाडि बढ्न आग्रह गरे ।
‘हामी समान उद्देश्य लिएर अगाडि बढेका छौं, अहिले कार्यगत एकता सुरु भइसकेको छ, आगामी दिनमा पनि एकजुट भएर अगाडि बढ्नु आवश्यक छ ।’ उनले भने । पाण्डेले बन्न लागेको शैक्षिक निर्देशिकामा डिपोजिटको व्यवस्था हटाउनुपर्ने, यस क्षेत्रमा विदेशी लगानीलाई अस्वीकार गरिनुपर्ने साथै यस व्यवसायलाई संघको मातहतमा राख्नुपर्ने लगायतका आफ्ना माग रहेको र सोही अनुरुप निर्देशिका जारी हुनुपर्ने माग अगाडि सारेका थिए ।
Chat Conversation End Type a message…








