विदेशमा सिकेको ज्ञान र सिप स्वदेश फर्केर उपयोग गर्न जोड, राइटपाथकाे माेवाइल एप सार्वजनिक

फागुन १, दाङ । विदेश गएर उच्च शिक्षा हासिल गरेका दक्ष जनशक्तिहरु राष्ट्र निर्माणका लागि स्वदेश फर्कनु पर्ने प्रतिनिधिसभा सदस्य हिराचन्द्र केसीले बताएका छन् । दाङको तुल्सीपुरमा राइटपाथ करियर काउन्सेलिङको शाखा कार्यलय उद्घाटन गर्दै सांसद केसीले विदेशमा प्रविधि र सिप सिक्नका लागि मात्रै जानुपर्ने जिकिर गर्दै विदेशको सिप र दक्षतालाई स्वदेशमा प्रयोग गर्नुपर्ने बताए । 

‘अन्तराष्ट्रिय बजारमा प्राप्त गरेका सिप र योग्यतालाई स्वदेशमा उपयोग गर्न सके त्यसले देशको विकासमा महत्वपूर्ण टेवा दिन्छ । यसका लागि हामी सबैले आफ्नो क्षेत्रबाट योगदान पर्नुपर्छ ।’ नेकपाका केन्द्रिय सदस्य समेत रहेका सांसद केसीले बताए । 

 

null

कार्यक्रममा बोल्दै सांसद केसीले राजधानीमा सञ्चालित शैक्षिक संस्थाहरुले मोफसलमा समेत स्तरीय सेवा दिन आउनु आफैंमा स्वागत योग्य कुरा भएको भन्दै विद्यार्थीलाई सहि काउन्सेलिङ गर्न सुझाब दिए । 

‘उच्च शिक्षाका लागि वर्षेनी लाखौं विद्यार्थी विदेशिएको अवस्थामा दाङबाट पनि विद्यार्थी बाहिर जानेक्रम बढेको छ । ती विद्यार्थीलाई राइट काउन्सेलिङ गर्नु कन्सल्टेन्सीको दायित्व र धर्मपनि भएकोले विद्यार्थीको भविष्यलाई हेरेर सत्यतथ्य काउन्सेलिङ गर्न जरुरी छ ।’ उनले भने । कार्यक्रममा प्रमुख अतिथि सांसद केसीले राइटपाथ करियर काउन्सेलिङकाे माेवाइल एप पनि सार्वजनिक गरेका थिए । 

 

उद्घाटन कार्यक्रममा बोल्दै अर्का वक्ता पदमोदय नमुना माविका प्राचार्य डा. कृष्णराज डिसीले पनि निश्चित समय र उदेश्यका लागि विदेश गएका युवाहरु हातमा अन्तराष्ट्रिय स्तरको सिप र प्रमाणपत्र लिएर सधैंका लागि स्वदेश आउनुपर्नेमा जोड दिए । आजकल युवाहरुमा पिआर, र डिभीको लहड चलेको स्मरण गर्दै पढ्न भनेर गएकाहरु विदेशमै सेटल हुने परिपाटीको अन्त्य हुनुपर्ने बताए । 

 

यसैगरी तुलसीपुर उद्योग बाणिज्य संघका उपाध्यक्ष रामप्रशाद चालिसेले दाङलाई शैक्षिक क्षेत्रको हब बनाउन र यहाँका विद्यार्थीलाई बैदेशिक शिक्षाका बारेमा सहि काउन्सेलिङ गर्ने संस्थाहरु आवश्यक्ता रहेको औल्याउँदै राइटपाथ करियर काउन्सेलिङको आगमन स्वागत योग्य भएको बताए । 

 

यता एन प्याव्सन दाङका बरिष्ठ उपाध्यक्ष विमल गौतमले दाङमै रहेर दक्ष प्रशिक्षकबाट अन्तराष्ट्रिय भाषिक ज्ञान हासिल गर्न विद्यार्थीलाई असहज भइरहेको अवस्थामा राजधानीबाट ठूलो संस्थाको शाखा आउँदा विद्यार्थीलाई फाइदा हुने बताए । 

कार्यक्रममा बोल्दै राइटपाथका संस्थापक प्रमुख कार्यकारी अधिकृत फिलिप डिसीले राइटपाथले दाङमा रहेका विद्यार्थीलाई राजधानीकै सेवा सुविधा प्रदान गर्ने बताए । पछिल्लो समय उच्च शिक्षाका लागि विदेशिने विद्यार्थीको संख्या बढ्दो रहेपनि मोफसलमा अर्वोड स्टडीका विषयमा दक्ष मान्यता प्राप्त काउन्सलरले काउन्सेलिङ नगरिरहेको बताउँदै राइटपाथले अनुभवी र मान्यता प्राप्त काउन्सलरको ब्यवस्था गरेको जिकिर गरे । 

‘अर्वोड स्टडीको जानकारी लिनकै लागि विद्यार्थीलाई राजधानी छिर्नुपर्ने बाध्यता चिर्न राइटपाथ दाङ आएको हो, हामी गफमा हैन काममा विस्वास गर्ने भएकोले केहि दिनमै हाम्रो उपस्थिति विद्यार्थीले बुझिसक्नुहुन्छ ।’ उनले भने । 

उनले दाङ शाखाबाट विद्यार्थीले अष्ट्रेलिया, क्यानडा, युके, न्युजलेण्ड, जापान, युरोप जस्ता विकसिल देशको शिक्षा प्रणाली, त्यहाँका विश्वविद्यालय तथा कलेज, भिजा प्रकृया, लागत, डकुमेन्टेसनका सन्दर्भमा सेवा प्राप्त गर्ने बताए । यसका अलावा राइटपाथले IELTS, TOEFL, NAT, SAT, JLPT जस्ता भाषिक कक्षाहरु सञ्चालन गर्नेछ । उद्घाटन कार्यक्रममा दाङका करिब डेढ सय विद्यार्थी। अभिभावक, समाजसेवी लगायतकाे सहभागिता रहेकाे थियाे । 

तस्विरः मकालु खबर 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *