सोनाम ल्होछारलाई शक्ति प्रदर्शनको रुपमा मनाउने नेपाल तामाङ घेदुङ रत्ननगर समितीको निर्णय 

माघ २०, चितवन । नेपाल तामाङ घेदुङ रत्ननगर समितीले २८५५ फाग् ल्हो (बदेल बर्ग) सोनाम ल्होछारलाई शक्ति प्रदर्शनको रुपमा मनाउने भएको छ । 

 

ल्होछार तामाङ समुदायको महान चाड मात्र नभई एकजुट हुने र अस्तित्व जोगाउने राम्रो अवसर भएकाले ल्होछारमा नगरका तामाङ समुदाय एक गराउने योजना रहेको घेदुङका अध्यक्ष कृष्ण लामाले बताए । उनले सो दिनको एकतालाई एक प्रकारको शक्ति प्रदर्शनको रुपमा पनि बुझ्न सकिने बताए । 

null

सोनाम ल्होछारको दिन माघ २२ गते रत्ननगरको बकुल्हरचोक देखि टिकौली चौरसम्म र्‍यालीको समेत आयोजना गरिएको छ । र्‍यालीमा तामाङ भेषभुषा, संस्कृति तथा कला झल्कने गरी सहभागी हुन सबैलाई अव्हान गरिएको अध्यक्ष लामाले बताए । र्‍यालीपछि प्रदेश नं. ३ का भूमी व्यवस्था तथा कृषि सहकारी मन्त्री दावादोर्जे लामाको उपस्थितीमा विविध साँस्कृतिक कार्यक्रम तथा सह भोजको समेत आयोजना गरिएको छ । 

साँस्कृतिक कार्यक्रममा चर्चित कलाकारहरु मिलन लामा, हरी योञ्जन, डिबी लोप्चन लगायत स्थानीय कलाकारहरु को प्रस्तुति रहने छ भने जातिय सँस्कृती र भेषभुषा झल्कने विविध नृत्य प्रस्तुत गरिने छ । सो अवसरमा विभिन्न क्षेत्रमा योगदान पुर्याएका नगरभित्र का अग्रज तामाङ अगुवाहरुलाई सम्मान समेत गरिने घेदुङका सचिव आशिक तामाङले जानकारी दिए । यसैबीच, भरतपुर नगर तामाङ समाज चितवनले पनि विभिन्न कार्यक्रम गरी ल्होछार मनाउने भएको छ ।  

भरतपुर ११ स्थित छेच्यु थर्पलिङ गुम्बामा पत्रकार सम्मेलन गरी कार्यक्रमबारे जानकारी दिएको हो । ल्होछार कार्यक्रममा चर्चित कलाकारहरुको प्रस्तुती पनि रहने समाजका अध्यक्ष एवंम कार्यक्रम संयोजक गंगालाल तामाङले बताए । छेच्यु थर्पलिङ गुम्बामा हुने कार्यक्रमलाई सफल बनाउन ल्होछार कार्यक्रम मुल आयोजक समिति गठन गरी गुम्बा सरसफाइ, रंगरोगन, प्रचारप्रसार लगायतका तयारीलाई तीव्रता दिइएको समाजका सचिव सूर्यप्रकाश लामाले बताए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − 10 =