मोरङमा बाड्यो ३० थान लामखुट्टे नियन्त्रण गर्ने उपकरण

फागुन १३, बिराटनगर । शनको सहयोगमा मोरङका बिभिन्न स्थानिय वडा र कोशी अञ्चल अस्पताललार्ई लामखुट्टे नियन्त्रण गर्ने उपकरण बितरण गरिएको छ । 

 

कोरियन क्रुपे फाउन्डेशनको सहयोगमा ३० थान लामखुट्टे नियन्त्रण गर्ने उपकरण विराटनगरमा आज आयोजित एक कार्यक्रमका बीच वितरण गरिएको हो । कार्यक्रममा सांसद मोदीले कोरिया भ्रमणका क्रममा त्याहाका संघ-संस्थासँग सहयोगका लागि समन्वय गरिएको जानकारी दिए ।  

null

उनले विराटनगर र विरगञ्ज बढी मात्रामा लामखुट्टे प्रभावित क्षेत्र भएकाले आफूले नियन्त्रण गर्न सहयोगको आग्रह गरेको बताए । कोरियाबाट आएको प्राविधिक सहितको २२ जनाको टोलीले सो उपकरण कसरी प्रयोग गर्ने भन्ने पनि सिकाउने कार्यक्रममा जानकारी दिइएको थियो ।  

क्षेत्र नम्बर ४ का २३ वडा र विराटनगर महानगरपालिका भित्रका १,२,३,८,१०,१९ र बुढी गंगा गाँउपालिकाका ४ वटा वडामा यस्तै मनमोहन पोलिक्लिनिक र कोशी अञ्चल अस्पताललाई एक एक थान उपकरण उपलब्ध गराउने कार्यक्रममा जानकारी दिइएको थियो ।  

कार्यक्रममा प्रदेश १ का मुख्यमन्त्री शेरधन राई, सामाजिक विकासमन्त्री जिवन घिमिरे, विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली लगायतले सहयोगी कोरियन संस्थालाई धन्यवाद ज्ञापन गरेका थिए । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *