बलात्कारीलाई फाँसी दिनुपर्छः सांसद भुसाल

माघ २३, काठमाडौँ । संसद बैठकमा नेपाली कांग्रेसले बलात्कारीलाई फाँसी दिन माग गरेको छ । 

संसदको शून्य समयमा बोल्दै नेपाली कांग्रेस केन्द्रीय सदस्य तथा सांसद पुष्पा भुसालले बलात्कारीलाई फाँसीको व्यवस्था  गर्न माग गरेकी हुन् । 

सांसद भुसालले पीडित १६ वर्ष भन्दा कम उमेरका भएका घट्नामा अपराधीलाई फाँसीको व्यवस्था गर्नुपर्ने बताइन् । 

null

पछिल्लो एक वर्षमा ५ सय ३५ बलात्कारका घट्ना भएको र त्यसमध्ये २१ प्रतिशत पीडित १५ वर्ष भन्दा कम उमेरको भएको भन्दै उनले पीडकलाई कडा सजायको आवश्यकता रहेको स्पष्ट पारिन् । 

भुसालले बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्यारा सरकारकै वरीपरी हुँदा पनि हत्या पक्राउ परिसकेको भनेर गलत सूचना दिएको बताइन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − 4 =