मन्त्री अधिकारी युवाहरुका लागी प्रेरणाका श्रोतः नेतृ चौधरी

फागुन १६, काठमाडाैं । संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री रवीन्द्र अधिकारी मिलनसार, सृजनशिल तथा उर्जावान ब्यक्तित्व रहेको नेपाल कम्युनिष्ट पार्टीकी केन्द्रिय सदस्य भगवती चौधरीले बताएकी छिन् । 

हिजो ताप्लेजुङको पाथिभरा मन्दिर दर्शन गरेर फर्कने क्रममा हेलिकप्टर दुघर्टनामा ज्यान गुमाएका मन्त्री अधिकारीसँग आफुले पहिलो संविधान सभामा संगै रहेर संविधान लेखनको कार्य गरेको स्मरण गर्दै नेतृ चौधरीले देशको नेतृत्व गर्न सक्ने क्षमता भएको ब्यक्तित्व गुमाउनु परेको जिकिर गरिन् । ‘उहाँसँग पहिलो संविधान सभामा काम गर्ने मौका मिलेको थियो, उहाँको शालिनता, शिष्टता अनुकरणीय छ । अधिकारी युवाहरुका लागि प्रेरणाका स्रोत समेत हुनुहुन्थ्यो ।’ नेतृ चौधरीले अधिकारीलाई स्मरण गर्दै भनिन् । 

 

null

चौधरीले नेपाली राजनीतिमा एक सृजनशील, उर्जाशिल भरभराउँदो युवा राजनीतिज्ञ गुमाउनु परेको बताएकी छिन् । ‘उहाँको उर्जाशिल ब्यक्तित्वले हामीलाई समेत काम गर्ने प्रेरणा दिन्थ्यो । विद्यार्थी कालमा अधिकारीले विद्यार्थीहरुका हक अधिकार सुनिश्चित गर्न खेल्नु भएको नेतृत्वदायी भूमिका सदैव सम्झन लायक छ ।’ चौधरीले भनिन् । 

उनले ०६४ सालको संविधानसभामा सार्वजनिक लेखा समितिमा रहेर अधिकारीले गरेको काम र खेलेको भूमिकाको उच्च प्रशंशा गर्दै भनिन् ‘मेसिन रिडेवल पासपोर्ट, जलविद्युत, सार्वजनिक संस्थानका सन्दर्भमा उहाँले लिनु भएको निर्णय सदैव स्मरण योग्य छ ।’ 

 

अति मिलनसार साथी, प्रथम संविधान सभामा संगै काम गर्दाको समझना, एक सृजनशील, उर्जाशिल भरभराउदो युवा राजनितिज्ञ मा. मन्त्री रविन्द्र अधिकारी लगायतको लाई अलविदा…नेपाल सरकारका संस्कृति तथा पर्यटन नागरिक उड्ययन मन्त्री माननिय रविन्द्र अधिकारी, यति एयरलायन्सका अध्यक्ष आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्ययन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ, मन्त्री अधिकारीका पिएसो अर्जुनकुमार घिमिरे, प्रधानमन्त्री कार्यालयका सल्लाहकारका युवराज दाहाल, इन्जिनियर नेपाल नागरिक उड्डयन प्राधिकरणका इन्जिनियर धुब्रदास भोछिभया र हेलिकप्टर क्याप्टेन प्रभाकर केसीको अकल्पनिय दुखःद निधनले हामी मर्माहत भएका छौं । यो दुखःद घडीमा शोक सन्तप्त परिवारजन प्रति इश्वरले धैर्य धारण गर्ने शक्ति प्रदान गरोस भन्दै मृतात्माको चिर शान्तिको कामना गर्दै हार्दिक श्रद्धाञ्जली ब्यक्त गर्दछु । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *