चिकित्सकको लापरबाहीले बिरामीको मृत्यु भएको भन्दै अस्पताल तोडफोड, ६ जना पक्राउ

माघ २५, चितवन । चिकित्सकको लापरबाहीले बिरामीको मृत्यु भएको भन्दै आक्रोशित बनेका मृतकका आफन्तहरूले शुक्रबार दिउँसो चितवनको भरतपुर स्थित मनकामना अस्पतालमा तोडफोड गरेका छन् । 

रुखको घाँस काट्ने क्रममा लडेर घाइते भएका भरतपुर महानगरपालिका–९ शरदपुरका ३८ वर्षीय कृष्ण प्रसाद भुसालको उपचारका क्रममा मृत्यु भएपछि आफन्तले अस्पताल तोडफोड गरेका हुन् । 

तोडफोडमा संलग्न रहेको भन्दै चितवन प्रहरीले आधा दर्जनभन्दा बढीलाई नियन्त्रणमा लिएको बताइएको छ । तोडफोडबाट अस्पतालको रिसेप्सनको सिसा फुटेको छ भने कागजपत्र च्यातिएको छ । झन्डै एक लाख रुपैयाँ बराबरको क्षति पुगेको अस्पतालले जनाएको छ । 

null

यता चिकित्सकले भने भुषालको मृत्यु उपचारका क्रममा भएको र अस्पतालको तर्फबाट कुनै गल्ती नभएको दाबी गर्दै आएका छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + 10 =