गुण्डा नाइके राजु गोर्खाली प्रहरी नियन्त्रणमा
२०७५ माघ २० गते

माघ २०, काठमाडौँ । गुण्डा नाइके राजु भनिने राजेन्द्र गोर्खाली पक्राउ परेका छन् ।
महानगरीय अपराध महाशाखाको टोलीले उनलाई आइतबार दिउँसो काठमाडौँको बानेश्वरबाट नियन्त्रणमा लिएको हो ।
प्रहरीले गोर्खालीलार्य विगत दुई हप्तादेखि खोजीरहेको थियो ।
null
सुन्धारास्थित काठमाडौं मलका व्यापारीलाई धम्काएर जबर्जस्ती रकम असुली गरेको उजुरी परेपछि महाशाखाले उनलाई नियन्त्रणमा लिएको हो।
अपहरण, फिरौती, चन्दा, जबरजस्ती असुली, ठेकापट्ट आदिमा संलग्न हुँदै आएका गुण्डा नाइके गोर्खाली यसअघि पनि पक्राउ पर्दै र छुट्दै आएका थिए ।
२०७५ माघ २० गते
प्रतिक्रिया
सम्बन्धित








