एन आई सी एशिया बोनस शेयर सूचिकृत

फागुन १३, काठमाडौं । एन आई सी एशिया बैंकको बोनस शेयर सूचिकृत भएको छ । बैंकको गत पुस ४ गते बसेको २१औं साधारणसभाबाट पारित १० प्रतिशत बोनस शेयर सूचिकृत भएको हो । १० प्रतिशत बोनस शेयर ८०,३१,११७ कित्ता शेयर मिति फागुन ९ गते नेपाल स्टक एक्सचेन्जमा सूचिकृत भएको हो ।  

सो पश्चात् बैंकको जारी तथा चुक्ता पूँजी रु. ८,८३४,२२८,६९८ रहेको छ । बैंकको केही शेयर अझै अभौतिकरण भइनसकेको परिप्रेक्ष्यमा उक्त शेयरहरू अभौतिकीकरण गर्न बैंकले शेयरधनी हरूमा आग्रहसमेत गरेको छ । 

 

null

बैंकले मुलुकभर २७७ शाखा कार्यालयहरु, २९० एटिएम, ३९ वटा एक्स्टेन्सन काउण्टर एवं २३ वटा शाखारहित बैंकिङ्ग मार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ । बैंकको वासलातको आकार रू. २१५ अर्ब भन्दा बढि पुगेको छ भने कुल निक्षेप करिब रू. १७१ अर्ब पुगेको छ । बैंकको कुल कर्जा करिब रू. १४९ अर्ब सहित निजी क्षेत्रका बैंकहरु मध्ये नेपालको सबैभन्दा ठूलो बैंक भएको छ । 

हाल यस बैंकमा ग्राहकको संख्या करिब १४ लाख ५० हजार रहेको छ । साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ । 

बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा/ए. टि. एम. विस्तारित काउण्टर, शाखा रहित बैंक सेवा लगायतका मार्फत आफ्नो उपस्थिती थप मजबुत बनाउने योजना अगाडि सारेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *