हृदयाघात भएर अस्पताल भर्ना भएका पूर्व युवराज पारस डिस्चार्ज हुँदै 

 

माघ १८, काठमाडौँ । हृदयाघात भएर नर्भिक अस्पताल भर्ना भएका पूर्व युवराज पारस शाह आज डिस्चार्ज हुने भएका छन् । उनको स्वास्थयमा सुधार आएपछि आज डिस्चार्ज गर्न लागिएको हो ।  

गत सोमबार दिउँसो ललितपुरको पाटन दरबार क्षेत्रमा रहेको शिव पार्वती मन्दिर र हिरण्यवर्ण महाविहारमा पूजा गरेर फर्किए लगत्तै उनलाई हृदयघात भएको थियो । 

null

पारसलाई पहिलेदेखि नै छाती दुख्ने समस्या छ। उनलाई हृदयघात भएको यो तेस्रो पटक हो। यसअघि नै उनको मुटुको धमनीमा स्टेन्ट राखिएको थियो। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × two =