काेरियामा रारा ग्रुप्स डान्स पार्टीको सम्पूर्ण तयारी पुरा

माघ १८, दक्षिण कोरिया। कर्णाली प्रदेशका विकट जिल्लामा शिक्षा तथा स्वास्थ्यका क्षेत्रमा सहयोगार्थ दक्षिण कोरियामा आयोजना हुन लागेको रारा ग्रुप्स डान्स पार्टीको सम्पूर्ण तयारी पुरा भएकोछ।
दक्षिण कोरियाको नयाँ वर्ष (सलनाल) को अवसर पारी सुर्खेत समाज दक्षिण कोरियाले फेब्रुअरी ३ तारिख, आइतबार साँझ ‘रारा ग्रुप्स डान्स पार्टी’को आयोजना गर्ने भएको छ। “हामी स्वदेश हौं वा विदेश, प्राण भन्दा प्यारो हाम्रो कर्णाली प्रदेश” भन्ने मुल नाराका साथ आयोजना हुने कार्यक्रमबाट संकलित रकम कर्णालीका विकट जिल्लामा देखिएको स्वास्थ्य तथा शिक्षाका क्षेत्रमा सहयोग गरिने आयोजकले जनाएको छ ।
null
द. कोरियाको राजधानी सउलको दोङ्देमुन (동대문) नजिक छाछा नाइट क्लब, लाइन नं. ६ सिन्दाङ् स्टेशन गेट नं. १२ नजिक (차차 나이트, 신당 역 gate no:12) मा डान्स पार्टीको आयोजना हुनेछ। चर्चित DJ Bit, DJ SYN र DJ NESS का साथै अन्य कलाकारहरू उदिप श्रेष्ठ र लोकेन्द्र चन्दको प्रस्तुती रहने डान्स पार्टी साँझ ८ बजेदेखि भोलिपल्ट बिहानसम्म चल्नेछ। डान्स पार्टीका लागि १५,००० कोरियन वन प्रवेश शुल्क निर्धारण गरिएको छ। कान्तिपुर रेष्टुरेन्ट, नाङ्लो रेष्टुरेन्ट र कुमारी भान्साघरले डान्स पार्टीको प्रायोजन गरेका छन्।
कर्णाली प्रदेशको विकट तथा पिछडिएका जिल्लाहरूमा शिक्षा तथा स्वास्थ्य क्षेत्रमा सहयोग गर्ने उद्देश्यले आयोजित “RARA GROUP’S DANCE PARTY” रात्री कार्यक्रम विशुद्ध मनोरञ्जनका साzeeथै समाजसेवा गरी पुण्य कमाउने अवसर पनि भएकाले सम्पूर्ण कोरियाबासी नेपालीहरूमा गरिमामय उपस्थिति जनाई सभ्य तथा भब्य रूपमा सफल बनाईदिनको लागि समाजका कोषाध्यक्ष बिरेन्द्र बि.सीले अनुरोध गरेका छन्।








