डीपीएल क्रिकेट उद्घाटन होटलमा: शनिबारदेखि सुरु हुने भनिएको खेल मौसमले प्रभावित
२०७५ माघ २६ गते

कैलाली। शनिबारदेखि सुरु हुने भनिएको रुस्लान धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेट प्रतियोगिता मौसमको प्रतिकूलताका कारण यही माघ २८ गतेदेखि सुरु हुने भएको छ।
प्रतियोगिताको उद्घाटन भने पूर्वनिर्धारित समय शनिबार स्थानीय एक होटलमा गर्न लागिएको आयोजक धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुभाष शाहीले बताए। सोमबार उद्घाटन खेल धनगढी स्टार्स र विराटनगर किंग्सबीच हुन लागेको छ।
प्रतियोगिताको ट्रफी शुक्रबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको छ।
null
२०७५ माघ २६ गते
प्रतिक्रिया
सम्बन्धित








