डा.शर्माद्वारा गरिब तथा जेहन्दार विद्यार्थीलाई पोशाक वितरण

फागुन ९, विराटनगर । नोबेल शिक्षण अस्पताल सञ्चालक एवं समाजसेवी डा.सुनिल शर्माले गरिब तथा जेहन्दार छात्रछात्रालाई विद्यालय पोशाक वितरण गरेका छन् । मोरङको पथरीशनिश्चरे स्थित सिंहबाहिनी माध्यमिक विद्यालय, हिरक आधारभुत विद्यालय र जालपा सिंहदेवी आधारभुत विद्यालयका दुई सय भन्दा बढी विद्यार्थीलाई पोशाक बितरण गरिएको हो । 

 

समाजसेवामा सक्रिय डा.शर्माले विद्यालयमै पुगेर गरिब तथा जेहन्दार बिद्यार्थीहरुलाई पोशाक हस्तान्तरण गरेका हुन् । डा.शर्माले जालपा सिंहदेवी विद्यालयका कक्षा १ देखि ४ सम्मका ८४ जना विद्यार्थीलाई विद्यालय पोशाक बितरण गरे । त्यस्तै हिरक आधारभुत विद्यालयमा अध्ययनरत कक्षा १ देखि ५ सम्मका ७१ जना विद्यार्थी र सिंहबाहिनीका कक्षा १ देखि ७ सम्मका ४७ जना छात्रछात्रालाई विद्यालय पोशाक प्रदान गरेका हुन् । 

null

तीन वटै विद्यालयसँगको समन्वयमा गरिब तथा जेहन्दार छात्रछात्रा छनौट गरी विद्यालय पोशाक प्रदान गरिएको हो । सोहि क्रममा बोल्दै डा.शर्माले विद्यार्थीहरुलाई पोशाक प्रदान गर्दा आफुलाई खुशी लागेको प्रतिक्रिया दिदै गरिब तथा बिपन्न बिद्यार्थीहरुलाई आगामी दिनमा पनि आफुले सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाए । 

 

पोशाक पाएपछि विद्यार्थीहरु पनि हर्षित भए । समाजिक सेवाका क्षेत्रमा क्रियासिल डा.शर्माले गाउँ–गाउँका गरिब तथा जेहन्दार विद्यार्थीलाई सहयोग गरेको भन्दै सिंहबाहिनी माविका प्रधानाध्यापक जगतमणी गौतमले धन्यवाद ज्ञापन गरे । गाउँ–गाउँका गरिव तथा बिपन्न बिरामीलाई खोजी–खोजी निःशुल्क उपचार गर्दै आएका डा.शर्माले गरिब तथा जेहन्दार विद्यार्थीलाई पनि शैक्षिक सामाग्री प्रदान गर्दै आएका छन् । उनले यसअघि पनि सयौं विद्यार्थीलाई शैक्षिक सामाग्री प्रदान गरिसकेका छन् । 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *