मनमोहनलाई ७७ लाखको इन्जिनियरिङ सामाग्री तथा उपकरण हस्तान्तरण

माघ २२, विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका–४ स्थित मनमोहन स्मृति पोलिटेक्निक इन्स्टीच्यूटलाई जापान सरकारले करिब ७७ लाख रुपैयाँ बराबरको इन्जिनियरिङ सामाग्री तथा उपकरण हस्तान्तरण गरेको छ । 

पोलिटेक्निकमा एक कार्यक्रमका बिच जापानी दुतावासका द्धितिय सेक्रेटरि मासाओ कुनिसाडा र जिजिपि प्रोजेक्ट म्यानेजर इमाई कावरीले ७६ लाख ७८ हजार रुपैयाँ मुल्य बराबरको इन्जिनियरिङ सामाग्री तथा उपकरण हस्तान्तरण गरेका हुन् । 

कार्यक्रममा जापानी दुतावासका द्धितिय सेक्रेटरि कुनिसाडाले नेपाल र जापानबिच सदियौँदेखी घनिष्ठ सम्बन्ध रहँदै बताउँदै नेपालको विकासमा जापान सरकारको सधैँ सहयोग रहने प्रतिबद्धता जनाए । 

null

 

उनले मनमोहन स्मृति पोलिटेक्निकले स्थापना कालदेखी दक्ष प्राविधिक जनशक्ति उत्पादन गर्दै आएको र बेरोजगारी समस्या समाधानमा उल्लेख्य भूमिका निर्वाह गर्दै आएकाले यस अघि पनि सो इन्स्टीच्यूटलाई जापान सरकारले सहयोग गरेको बताउँदै आगामी दिनमा पनि सहयोगलाई निरन्तरता दिइने बताए । 

उनले विश्वमा सूचना र प्रविधिले लामो फड्को मारेको बताउँदै नेपालको सुचना प्रविधिको विकासमा जापान सरकारको साथ रहने प्रतिवद्धता जनाए । कार्यक्रममा १ नं. प्रदेशसभाकी सदस्य सावित्रा रेग्मीले मनमोहन स्मृति पोलिटेक्निक इन्स्टीच्यूटमा अध्यन गरेका ८० प्रतिशत बढी विद्यार्थी स्वरोजगार बनेको बताउँदै प्रदेश सरकारले सो इन्स्टीच्यूटलाई प्रस्ताव गरेको प्रादेशिक विश्व विद्यालय निकट भविष्यमा बन्ने दावी गरिन् । 

 

उनले विश्वविद्यालयको विधेयक जारी हिउँदे अधिवेशनमा पेश हुने जानकारी दिँदै सो इन्स्टीच्यूटलाई विश्वविद्यालय बनाउनका लागि आफुले महत्वपूर्ण भुमिका खेल्ने बताइन् । उनले जापान सरकारले सो कलेजलाई इन्जिनियरिङ सामाग्री तथा उपकरण हस्तान्तरण गरेकोमा धन्यवाद ज्ञापन गरिन् । 

कार्यक्रममा बुढीगंगा गाउँपालिकाका अध्यक्ष बालचन माझिले नेपालको विकासमा जापानको सदैव साथ र सहयोग रहँदै आएको बताउँदै बुढीगंगा गाउँपालिकाको धरोहरका रुपमा रहेको मनमोहन स्मृति पोलिटेक्निक इन्स्टीच्यूटमा अध्यनरत विद्यार्थीको प्रयोगात्मक अभ्यासका लागि इन्जीनियरिङ सामाग्री हस्तान्तरण गरेकोमा जापान सरकारलाई धन्यवाद ज्ञापन गरे । 

 

कार्यक्रममा मनमोहन स्मृति पोलिटेक्निक इन्स्टीच्यूटका सुचना प्रमुख सत्यनारणयण चौधरीले सो कलेजमा हाल सम्म १ हजार ५९ जना विद्यार्थीले पास आउट गरेको बताउँदै ति मध्ये ७ सय ७६ जनाले रोजगारीमा रहेको जानकारी दिए । 

जापानी दुतावासको सहयोगमा सिभिल इन्जिनियरिङमा अध्ययनरत विद्यार्थीको प्रयोगात्मक कक्षाका लागि ७ लाख ४५ हजार ८ सय रुपैयाँ बराबरको थ्रेडोलाईट, २५ ला ९४ हजार ४ सय रुपैयाँ बराबरको टोटल स्टेशन, २७ ला ९ हजार ६ सय रुपैयाँ बराबरको युटिएम मेशिन हस्तान्तरण गरेको छ । 

त्यस्तै इलेक्ट्रीकलमा अध्यनरत विद्यार्थीको प्रयोगात्मक कक्षाका लागि २७ ला १ हजार २ सय रुपैयाँ बरावरको सिनोराईजेसन अफ जेनेरेटर सेट, ५ लाख ८ हजार ५ सय रुपैयाँ बरावरको एयर सर्किट ब्रेकर सेट, ११ लाख ८ हजार ६ सय ५० रुपैयाँ बराबरको आयस सर्किट ब्रेकर सेट, १६ लाख ९ हजार १ सय २० रुपैयाँ बराबरको माईक्रो हाईड्रो मोडल वितरण गरेको मनमोहन स्मृति पोलिटेक्निक इन्स्टीच्यूटका सुचना प्रमुख सुचना प्रमुख चौधरीले जानकारी दिए ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × two =