आजदेखि उपसचिव तहका कर्मचारी समायोजनको काम सुरु

काठमाण्डौ । सरकारले आइतबारदेखि उपसचिव तहका कर्मचारीको समायोजनको काम सुरु गर्ने भएको छ । सरकारले संघ प्रदेश र स्थानीय तहमा समायोजन हुने दुई हजार उपसचिवलाई आइतबारदेखि समायोजन पत्र दिने भएको हो ।  

आइतबारदेखि कर्मचारीले आफूले रोजेको स्थानीय तह, प्रदेश या केन्द्रमा जान समायोजनपत्र बुझ्न थाल्ने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले जानकारी दिए।  

संघमा समायोजन भएका उपसचिवलाई सामान्य प्रशासन मन्त्रालयले संघ अन्तरर्गतका विभिन्न कार्यालयमा खटाउनेछ । प्रदेशमा समायोजन भएकाहरु भने सम्बन्धित प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा हाजिर हुनेछन् । 

null

भने स्थानीय तहमा जाने कर्मचारीलाई पनि त्यही अनुसारको ब्यवस्था मिलाइएको प्रवक्ता अधिकारीले बताए।  

यसअघि सरकारले पहिलो चरणमा सचिवलाई समायोजन गरिसकेको छ । सरकारले तीनै तहमा समायोजनका गर्नका लागि गएको पुस ११ गतेदेखि माघ २ गतेसम्म अनलाइन फाराम भर्न समयसीमा तोकेको थियो । 

सरकारले संघमा ४७ हजार ९ सय २०, प्रदेशमा २२ हजार ७ सय ५५ र स्थानीय तहमा ६७ हजार ५ सय ३ कर्मचारी समायोजन गर्दैछ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *