भक्तपुरमा गाडीभित्र एक युवकको शव फेला, चार जना पक्राउ

फागुन १२, काठमाडौँ । भक्तपुरमा गाडीभित्र एक युवकको शव फेला परेको छ । भक्तपुरको सुर्यविनायक नगरपालिका–८ सिपाडोलका २६ वर्षीय निकेश भुजुको शव ब्रमायणीमा उनकै गाडीभित्र फेला परेको हो । 

आफ्ना ४ वर्षका छोरासँगै बा५ च ६४२१ नम्बरको गाडी बनाउन भनि बिहान ९ बजे घरबाट निस्किएका निकेश साँझ ६ बजेसम्म पनि सम्पर्कमा नआएपछि उनकी पत्नी सृजना भुजुले प्रहरीलाई खबर गरेकी थिइन् । प्रहरीले खोजतलासका क्रममा उनको शव भेटेकाे हाे । 

प्रहरीले घटनामा संलग्न भएको आशंकामा भक्तपुर चाँगुनारायण नगरपालिका–८ का २५ वर्षीय सुमन बाला, दाङ हापुर गाउँपालिका –४ का १९ वर्षीय भुपबहादुर रोका, सिन्धुपाल्चोक मार्मिङ गाउँपालिका–१ घर भइ चाँगुनारायण–९ ताथली बस्ने २६ वर्षीय किरण श्रेष्ठ र चाँगुनारायण–९ ताथलीकै सुकु भन्ने राज बनमालालाई नियन्त्रणमा लिएको छ । 

null

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 2 =