राइटपाथ करियर काउन्सेलिङको सेवा अब दाङबाट

माघ २९, दाङ । शैक्षिक परामर्श क्षेत्रमा छोटो समयमै ब्राण्ड बन्न सफल राइटपाथ करियर काउन्सेलिङले आफ्नो सेवा विस्तार गर्ने क्रममा दाङ पुगेको छ । केहि समय अघि चितवनको भरतपुरमा शाखा स्थापना गरेको राइटपाथले भोलीबाट दाङको तुल्सीपुर बजारमा शाखा स्थापना गरेको हो ।  

आज दाङको नवनिर्मित शाखा कार्यालयमा पत्रकार सम्मेलन गर्दै सो कुराको जानकारी दिइएको हो । 

राजधानीको पुतलीसडकमा मुख्य कार्यालय रहेको राइटपाथको सेवालाई देशका मुख्यमुख्य स्थानहरुमा विस्तार गर्ने लक्ष अनुरुप भोलीबाट दाङको तुल्सीपुरमा शाखा सञ्चालनमा ल्याइएको राइटपाथका संस्थापक प्रमुख कार्यकारी अधिकृत फिलिप डिसीले बताए ।  

null

 

‘मोफसलका विद्यार्थीलाई अवोर्ड स्टडी र करियरका विषयमा बुझ्न राजधानी नै आउनुपर्ने अवस्थालाई हल गर्न पश्चिम नेपालको दाङ आइपुगेका छौं । हामीले दिने करियर काउन्सेलिङ र सेवाले विद्यार्थीको उज्ववल भविष्य निर्माणमा सहयोग पुग्ने विस्वास दिलाउन चाहन्छु ।’ संस्थापक प्रमुख कार्यकारी अधिकृत डिसीले बताए ।  

उनले दाङ तुल्सीपुर आसपासका विद्यार्थीलाई करियर काउन्सेलिङ गर्नकै लागि स्तरीय कन्सल्टेन्सीको खोजीमा राजधानी धाउनुपर्ने बाध्यता हटेको दावि गरे ।  

‘नेपाल सरकार शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त, आइएसओ सर्टिफाइड कम्पनी दाङ आएको छ । यसले दाङको शैक्षिक परामर्श ब्यवसायमा छुट्टै पहिचान स्थापित गर्छ र, हामीले प्रदान गने सेवाले विद्यार्थी अभिभावकको मन जित्ने छ भन्नेमा आशावादी छु ।’ उनले भने । 

२ वर्ष अघि सञ्चालनमा आएको राइटपाथले विशेषगरी अष्ट्रेलिया, क्यानडा, न्युजलेण्ड, युके, जापान जस्ता देशहरुमा उच्च शिक्षाका लागि जान चाहने विद्यार्थीलाई करियर काउन्सेलिङ गर्दै आइरहेको छ । क्यानडाका लागि राइटपाथ ब्राण्ड नै बनिसकेको छ ।  

राइटपाथले विद्यार्थीलाई विश्वविद्यालय र कलेजको आवश्यक्ता हेरेर भन्दा पनि विद्यार्थीको शैक्षिक, आर्थिक र मानसिक योग्यता हेरेर काउन्सेलिङ गर्ने गरेको सिइओ डिसीले बताए ।  

राइटपाथको दाङ शाखाबाट विद्यार्थीले अवोर्ड स्टडीका विषयमा दक्ष तथा मान्यता प्राप्त काउन्सलरद्वारा सेवा पाउन सक्छन् । यसका अलावा त्यहाँबाट विद्यार्थीले IELTS, TOEFL, NAT, SAT, JLPT जस्ता भाषा कक्षा समेत लिन सक्नेछन् ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *