प्रणय दिवसमा रसिक किरातका २ गजल

 

तिमीसँग पीरती लाएको याद आउँछबाचा कसम तिमीले खाएको याद आउँछ 

मिठो माया साट्न सँधै सँधै हामीसँगसँगै देउराली धाएको याद आउँछ 

null

सारा संसार भुलाउने उही तिम्रो न्यानोस्वर्ग जस्तो काखमा निदाएको याद आउँछ 

तिम्रै मिठो स्पर्श लिएर घाम पूर्वमासधैँ सधैँ बिहान उदाएको याद आउँछ 

देखेर नि तिमीले नदेखे झैँ गरेरपरबाट मतिर आएको याद आउँछ 

नहुँदा नि तिमी यो आँखा भरीभरीआनन्दको बहार बनि छाएको याद आउँछ 

छुट्ने बेला मेरो माया फर्की फर्कीपर पर सम्म हात हल्लाएको याद आउँछ । 

तिमी मलाई आफ्नो घरकै लाग्छतिमी हुँदा जिन्दगी अर्कै लाग्छ 

तिम्रो ओठबाट अरूकै नाम सुन्नु पर्यो भने झर्कै लाग्छ 

मेरो मुटु जुन थरको छ नितिम्रो पनि उही थरकै लाग्छ 

सितल पवन नि तिमी नहुँदाचैतको घाम झैँ चर्कै लाग्छ 

धर्तीको त अब के कुरा गरौँतिमी बिना स्वर्ग पनि नर्कै लाग्छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *