भारतको राजदूतमा नीलाम्बर आचार्य नियुक्त, राष्ट्रपतिले गराईन् सपथ

माघ २०, काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले नीलाम्बर आचार्यलाई गणतन्त्र भारतको राजदूतमा नियुक्त गरेकी छिन् । 

नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले उनलाई उक्त पदमा नियुक्त गरेकी हुन् । 

आजै राष्ट्रपति भवन शीतलनिवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति भण्डारीले नवनियुक्त राजदूत आचार्यलाई पद तथा गोपनीयताको शपथ गराईन् । 

null

मन्त्रिपरिषद्को हालैको निर्णयअनुसार राष्ट्राध्यक्षबाट राजदूत आचार्यले शपथ लिएका हुन् । नेपालको इतिहासमा राष्ट्र प्रमुखबाट राजदूतलाई पहिलोपटक शपथ गराइएको हो । राष्ट्रपतिबाट शपथ लिने उनी पहिलो नेपाली राजदूत हुन् । 

समारोहमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रधानसेनापति पूर्णचन्द्र थापा, राष्ट्रपति कार्यालयका सचिव विनोद केसी, परराष्ट्र मन्त्रालयका सचिव शङ्करदास वैरागी तथा राष्ट्रपति कार्यालयका उच्च अधिकारीको उपस्थिति थियो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + 11 =