हात्तिपाइले रोग बिरुद्ध को वडास्तरिय अभिमुखिकरण कार्यक्रम

फागुन ३ सुखड । कैलालीको घोडाघोडी नगरपालिका १ सुखडमा एक दिने हातिपाइले रोग बिरुद्ध को वडास्तरिय अभिमुखिकरण कार्यक्रममा सम्पन्न भएको छ । 

कार्यक्रम घोडाघोडी नगरपालिका को स्वास्थ्य साखाले गरेको थियो । घोडाघोडी नगरपालिकाका नगर प्रमुख ममता प्रसाद चौधरीको सभापत्तिमा कार्यक्रम भएको थियो । कार्यक्रमम बिभिन्न समाजसेबी,बिभिन्न संघ संस्थाका प्रतिनिधि र पत्रकारहरुको उपस्थिति रहेको थियो । 

हातिपाइले रोगको बारेमा बिभिन्न जानकारी कार्यक्रममा गराईएको थियो । कार्यक्रमलाई कसरी प्रभावकारी बनाउने , सबैलाई औषधी सेवन कसरी गर्ने, हातिपाइले को औषधी सेवनले पार्ने सामान्य असरहरुको बारेमा सहभागीहरुलाई जानकारी गराईएको थियो । 

null

हात्तिपाइले रोगका बारेमा फैलिएका बिभिन्न नकरात्मक भ्रम चिन्न सिमाजसेवसी, बिभिन्न संघ संस्थाका प्रतिनिधि र पत्रकारहरुको महत्वपुर्ण भूमिका हुने भएकाले यो कार्यक्रम गरिएको स्वास्थ्य शाखाले जनाएको छ । तालिम घोडाघोडी नगरपालिका स्वास्थ्य साखा प्रमुख हेम राज बुढाले सहजीकरण गर्नु गरेका थिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *